Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यअनेसास सर्वोत्कृष्ट पुरस्कारको घोषणा

अनेसास सर्वोत्कृष्ट पुरस्कारको घोषणा


अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले २१०औँ भानुजयन्तीको अवसर पारेर ३१औँ वार्षिकोत्सव मनाएको छ। शनिबार जूमका माध्यमबाट आयोजना गरिएको उक्त कार्यक्रममा ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ तथा ‘अनेसास विशिष्ट पुरस्कार’को घोषणा गरिएको हो।

प्रा.डा. व्रतराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनेसास बिओटी सभापति पदम विश्वकर्मा, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष महेश्वर शर्मा, सल्लाहकार गोविन्द गिरी प्रेरणा र भारती गौतम, बिओटी सल्लाहकार रोहिणी शर्मा, तीर्थराज अधिकारी र पुरु सुवेदी, पूर्व अध्यक्षहरू राधेश्याम लेकाली र अनेसास अनेसास केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले मन्तव्य राखेका थिए।

कार्यक्रमको दोस्रो सत्रमा केन्द्रीय कार्यसमितिको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन क्रमशः महासचिव विमला निरौला र कोषाध्यक्ष निजानन्दमल्लले प्रस्तुत गरेका थिए भने बिओटीको प्रतिवेदन महासचिव प्रकाश नेपाल र सचिव नारायण अधिकारीले प्रस्तुत गरेका थिए।

कार्यक्रममा सचिन चापागाई, संयोग चापागाईं, हार्दिक काफ्ले, आयाम घिमिरे, स्वाधिनता पौडेल, संस्कृति बुढाथोकी, प्रशुन पौडेल, विमल शर्मालगायतका भाइवहिनीले स्वस्ति पाठ, रामायणको अंश वाचन र कविता वाचन गरेका थिए भने च्याप्टर अध्यक्षहरू गीता बजगाईं, महेश्वर पन्त, तारा उप्रेती, ललिता दोषी, नेत्रवन्धु पोखरेल, गंगा लिगल, यम पौडेल, प्रभा पोखरेललगायतले मन्तव्य तथा कविता वाचन गरेका थिए।

कार्यक्रममा अनेसास पुरस्कार समितिका संयोजक तीर्थ पाण्डेले सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट पुरस्कृतको नाम घोषणा गरेका थिए भने समितिका सदस्यहरू डा. विजयराज शर्मा, दीपा राई पुन र ईश्वरी भट्टले पुरस्कार संयोजनका बारेका मन्तव्य राखेका थिए।

प्रत्येक २–२ वर्षमा प्रदान गरिने ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ यसवर्ष ‘रैथाने’ उपन्यासका लागि रण काफ्लेलाई प्रदान गरिने भएको छ। अनेसास तथा प्राडा। गोपी उप्रेतीद्वारा प्रायोजित उक्त पुरस्कारको रकम २१ सय डलर रहेको छ। यसैगरी रोहिणी शर्माद्वारा प्रायोजित ‘अनेसास होमनाथ सुवेदी डायस्पोरा सर्वोत्कृष्ट वाङ्मय पुरस्कार’बाट महेश्वर पन्तको ‘बौलाको डायरी’ उपन्यास पुरस्कृत भएको छ भने डा. श्याम कार्कीद्वारा प्रायोजित ‘अनेसास श्याम कार्की तथा इन्दिरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार’बाट श्रीबाबु कार्कीको निबन्धकृति ‘सन्दिग्ध शताब्दी’ पुरस्कृत भएको छ।

यसैगरी कल्पना खरेलको ‘रानीतलाउ’लाई सुमन तिम्सिनाद्वारा प्रायोजित ‘अनेसास डिल्लीराम तिम्सिना पुरस्कार’ प्राप्त भएको छ भने रोहिणी शर्माद्वारा नै प्रायोजित ‘अनेसास सीता शर्मा संस्कृति तथा दर्शन सर्वोत्कृष्ट पुरस्कार’बाट गणेशकुमार जिसीको ‘अरनिको एसिया एक प्रस्तावना’ पुरस्कृत भएको छ।

गीता खत्रीद्वारा प्रायोजित ‘अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार’बाट सिन्धु पौडेलको ‘मृतसागरको उचाइबाट’ पुरस्कृत भएको छ भने राष्ट्रकविकै नाममा स्थापित डा. चुणामणि खनालद्वारा प्रायोजित ‘अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार’बाट डा. गोविन्द आचार्यको ‘दङ्गी’ महाकाव्य पुरस्कृत भएको छ। निर्मोही व्यासको ‘आवारा बादल’ले तीर्थराज पाण्डे प्रायोजित ‘अनेसास स्व. लक्ष्मीदत्त पाण्डे सर्वोत्कृष्ट नियात्रा पुरस्कार’ र पदम विश्वकर्माद्वारा प्रायोजित ‘अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार’ ‘अपरिचित अनुहार’ कथाकृतिका लागि महेश पौड्याल पुरस्कृत भएका छन्। सबै सर्वोत्कृष्ट पुरस्कारको रकम एकएक हजार डलर रहेको छ।

कार्यक्रममा घोषणा गरिएअनुसार ‘ऊर्जा’ कृतिका लागि खेम रिजालले पुरू सुवेदी तथा कल्पना सुवेदी प्रायोजित ५ सय डलरको ‘अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीत( गजल पुरस्कार’ पाएका छन्।

यसैगरी अनेसासमा उल्लेख्य योगदान पुर्याएवापत मोहन सिटौलालाई ‘अनेसास सुनिल पाठक विशिष्ट पुरस्कार’ प्रदान गरिने भएको छ। सुनिल पाठकद्वारा प्रायोजित उक्त पुरस्कारको रकम २ हजार डलर रहेको छ।

पुरस्कृतलाई आगामी देवकोटा जयन्तीमा अमेरिकाको डिसीमा कार्यक्रमको आयोजना गरि पुरस्कार समर्पण गरिने छ।

अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई महासचिव विमला निरौला र सचिव दीप पाठकले सञ्चालन गरेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट छात्रवृत्ति प्रदान…

काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा

जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ सार्वजनिक

काठमाडौँ । काठमाडौँबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ । लेखक दर्लामीले आफ्नो उपन्यास

महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’

काठमाडौँ । महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ अर्पण गरिएको छ । साहित्यिक पत्रकार संघले ४३औँ कथा दिवसको अवसर

सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ पुस्तक बिमोचन

काठमाडौँ । गीतकार तथा लेखक लिला सेलिङको कविताकृती ‘‘सेप्म्माङलक’’ र भिमकुमार सेलिङको ‘‘आयोमा दर्पण’’ कृतिको संयुक्त रुपमा पुस्तक बिमोचन गरिएको

लेखक रञ्जु दाहालको यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ सार्वजनिक

काठमाडौँ । लेखक रञ्जु दाहालको नयाँ कृति ‘डोहोडोहो डोल्पो’ सार्वजनिक भएको छ । शुक्रबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा लेखक दाहालको यात्रा

काशीनाथ न्यौपानेको ‘अशून्यम्’ लोकार्पित

काठमाडौँ । वैदिक तथा आध्यात्मिक साहित्यका विभिन्न पुस्तक प्रकाशनमा ल्याइसकेका साहित्यकार काशीनाथ न्यौपानेको नवीनतम उपन्यास ‘अशून्यम्’ एक समारोहकाबीच लोकार्पण गरिएको

Techie IT