राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पताल बनाएपछि...

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले खेल मैदानलाई पनि अस्पतालमा रुपान्तरण गरेको छ । 

 

राजधानी वार्सामा रहेको राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पतालमा परिणत गर्ने निर्णय भए अनुसार निर्माण गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

 

सरकारका प्रवक्ता पिओट्र मुलरले सोमबार दिएको जानकारी अनुसार झण्डै पाँच सय विरामीलाई कोठा पुग्नेगरी पुनर्निमाण भइरहेको हो । ती कोठाहरुमा आवश्यकता परेका विरामीलाई अक्सीजन सहितको थेपारीको व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।

 

“देशका कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या बढीरहेको हामीले देखेका छौँ, यो अत्यन्त छिटो छिटो बृद्धि भइरहेको छ, ती सवैलाई थेग्न हाम्रो अहिलेको अस्पतालले नसक्ने भएको छ, त्यसैले हामीले अस्थायी प्रयोगका लागि रंगशालामा अस्पताल बनाउन लागिएको हो,” प्रवक्ता मुलरले भने ।  

 

तर त्यो अस्पतालका लागि चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरुको पर्याप्त व्यवस्था भने सरकारले कसरी गर्न सक्छ भन्ने बारेमा अहिलेसम्म पनि अस्पष्ट रहेको छ । पोल्याण्डमा अहिले स्वास्थ्यकर्मीहरुको कमी भएको छ ।

 

अस्थायी अस्पताल बनाउन लागिएको रंगशालामा ५८ हजार ५०० जना दर्शक बस्न मिल्ने क्षमता रहेको थियो । युरो २०१२ फुटबल च्याम्पीयनसिप सञ्चालन गर्नका लागि यसको निर्माण गरिएको थियो । त्यो प्रतियोगिताका लागि पोल्याण्ड र युक्रेनले व्यवस्थापकीय नेतृत्व गरेका थिए ।

 

गत बसन्तमा पश्चिमी अन्य युरोपेली देशहरुको तुलनामा पोल्याण्डमा कोरोनाभाइरसको महामारीको असर कम देखिएको थियो । तर अहिले भने घातक रुपमा महामारी फैलिएको छ । 

 

स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पोल्याण्डमा पछिल्लो केहीदिनमा थप सात हजार ४८२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने ४१ जनाको मृत्यु भएको छ ।

 

तीन करोड ८० लाख जनसङ्ख्या रहेको पोल्याण्डमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या एक लाख ८३ हजार २४८ रहेको छ भने तीन हजार ६१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर वास्तविक संख्या भने त्योभन्दा धेरै हुनसक्ने बताइएको छ । 

 

पछिल्लो दिनमा पोल्याण्डका ३६ हजार जनाको कारोना परीक्षण गरिएको छ । कुल परीक्षण गरिएकामध्ये झण्डै २१ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको पनि अधिकारीहरुले जनाएका छन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेण्ड गर्न माग

  • 23 minutes ago
कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेण्ड गर्न माग

एजेन्सी । कंगना रनौतको ट्विटर एकाउन्ट सस्पेनड गर्न मुम्बईको उच्च अदालतमा माग गरिएको छ। उच्च अदालतमा एउटा याचिका दायर गरिएको छ, जसमा भनिएको छ कि कंगना रनौतले आफ्नो ट्वीटरबाट देशभर घृणा र वितृष्णा फैलाउ

मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

  • 25 minutes ago
मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेन ह्याक भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक भएको हो । ह्याकरले मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फो

चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

  • 30 minutes ago
चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन चिनियाँ नागरिकसँग जोडिन पुनः सामाजिक संजाल वी च्याटमा सक्रिय भएका छन् । पछिल्लो समय अष्ट्रेलिया र चीनबीचको टक्करावपूर्ण अवस्थामा चिनियाँ नागरिकसँग आफ्न



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।