Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाली टोलीको कप्तानमा इन्दु बर्मा

नेपाली टोलीको कप्तानमा इन्दु बर्मा


काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छिन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा हुने चार देश सम्मिलित महिला टि–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि बर्मालाई नेपाली टोलीको कप्तान नियुक्त गरेको हो ।

क्यानले बिहीबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हुने उक्त शृङ्खलाका लागि क्यानले उपकप्तानको जिम्मेवारी भने विन्दु रावललाई दिएको छ ।

नेपाली टोलीको अन्य सदस्यमा रुविना क्षेत्री, सीता रानामगर, अश्मिना कर्मचार्य, काजोल श्रेष्ठ, रोमा थापा, सङ्गीता राई सम्झना खड्का खुसी डङ्गोल, पूजा महतो, कञ्चन श्रेष्ठ, सोमु विष्ट र सोनी पाख्रिन छन् ।

हङ्कङमा हुने चार देश सम्मिलित टि–२० शृङ्खलामा नेपालसँगै तान्जानिया, जापान र हङकङ रहेका छन् । नेपालले आफ्नो पहिलो खेल यही कात्तिक २९ गते तान्जानियासँग खेल्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय बक्सिङमा सुस्मा र अस्मिता अन्तिम चारमा

काठमाडौँ । लुम्बिनी प्रदेशकी सुस्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा पुगेका

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

काठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार

बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले

नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस

Techie IT