पुनहिलमा दृश्य अवलोकनस्थलसहितको आश्रयस्थल

Global IME
Norvic Hospital

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा दृश्य अवलोकनस्थलसहितको आश्रयस्थल निर्माण भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलको डाँडाको डिलतर्फ बसेर दृश्य अवलोकन गर्न मिल्ने आश्रयस्थलको तीन कोठे भवन निर्माण भएको हो । 

 

पर्यटन मन्त्रालयबाट प्राप्त रु २७ लाख ५० हजार बजेटबाट ६० जना क्षमताको आश्रयस्थल बनाइएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए। जमिनको सतहसँग मिल्ने गरी बनाइएको आश्रयस्थलको कोठाभित्र बसेर हिमाल, सूर्योदय र पहाडी भूगोलको दृश्य अवलोकन गर्न सकिन्छ । “झरी र हिउँ पर्दा सुरक्षित तरिकाले दृश्यावलोकन गर्ने व्यवस्था मिलाउन भूमिगत दृश्यावलोकन केन्द्रसहितको आश्रयस्थल बनाएका हौँ”, अध्यक्ष पुनले भने, “आश्रयस्थलमा बस्दा बाहिरको तुलनामा न्यानो पनि हुन्छ ।” 

 

आश्रयस्थलको कोठाको बाहिरी भागमा सिसा राखिएको छ । सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा राखेको पुनहिल भ्रमणमा आउने पर्यटकको सुविधाका लागि आश्रयस्थल बनाइएको हो । आश्रयस्थलको एउटा कोठामा चिया पसल सञ्चालन गर्ने योजना छ । अहिले पुनहिल टावर नजिकै टहरामा चिया पसल सञ्चालन भएको छ । चारैतिर गुराँसे जङ्गलको बीचमा रहेको पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ्र«े, मनास्लु, गुर्जा, पुथा, चुरेनलगायत २०  हिमाल र सूर्योदयको अवलोकन गर्न सकिन्छ । 

 

पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गको मुख्य गन्तव्य पनि हो । वन्यजन्तु, पक्षी र १६ प्रजातिको लालीगुराँसको अवलोकन गर्न सकिन्छ । यसैगरी घोरेपानीदेखि पुनहिल जाने पदमार्गलाई रातको समयमा पनि उज्यालो बनाउन सौर्य बत्ती जडान भएको छ । प्रदेश सरकारबाट प्राप्त रु २५ लाख बजेटले २३ थान सोलार बत्ती जडान गरिएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष वीरेन गर्बुजाले बताए । “घोरेपानीदेखि पुनहिल जाने पदमार्गमा चौबिसै घण्टा उज्यालो हुने गरी स्वचालित सोलार बत्ती राखिएको छ”, उनले भने, “सूर्यको प्रकाशले चार्ज हुने सोलार बत्ती रातिको समयमा आफैँ बल्ने बनाएका छौँ ।”

 

घोरेपानीमा बास बसेका पर्यटक एकाबिहानै सूर्योदय अवलोकन गर्न पुनहिल जाने गर्छन् । यसअघि अँध्यारोमा टर्च लाइट बालेर जाने गर्दथे । घोरेपानीदेखि पुनहिल पुग्न करिब ४५ मिनेट उकालो हिँड्नुपर्छ । 

 

यसअघि घोरेपानी होटल व्यवस्थापन समितिले पुनहिलसम्म ढुङ्गाको सिँढीसहितको पदमार्ग बनाएको थियो । घोरेपानी र पुनहिल भित्रिने मुख्य नाकामा चार वटा प्रवेशद्वार बनाइएको छ । यसैगरी घोरेपानीको नजिकै रहेको अर्को पर्यटकीयस्थल मोहरेडाँडामा सामुदायिक लज निर्माण भएको छ । रु २५ लाखको लागतमा दुई तले भवन बनाइएको अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गका कोषाध्यक्ष रमन पुनले बताए ।  

 

तल्लो तलामा लज र माथिल्लो तलामा डाइनिङ हल बनाइएको छ । समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा अवस्थित मोहरेडाँडाबाट पनि हिमाल, सूर्योदय, लालीगुराँसको जङ्गल र पहाडी भूगोलको दृश्यावलोकन गर्न सकिन्छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज चैते दशैँ पर्व मनाइँदै

  • 34 minutes ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • 1 hour ago
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा

  • 1 hour ago
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा

मैत्रीपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्युरसाओलाई ७–० गोलले पराजित गरेको हो ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।