पीपीपीद्वारा पनि निर्वाचनमा धाँधलीका सङ्केत देखिएको दावी

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

इस्लामावाद, पाकिस्तान । पाकिस्तानको दोस्रो ठूलो दल पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले निर्वाचन धाँधलीरहित हुनेमा शनिबार शङ्का व्यक्त गरेको छ । 

 

पाकिस्तानमा यही जुलाई २५ गते हुने आम निर्वाचनमा आफूहरूलाई प्रचारप्रसारका लागि स्वतन्त्रता नमिलेको दावी पीपीपीका अध्यक्ष विलावल भूट्टो जर्दारीले बताए ।

 

“निर्वाचन सम्पन्न गर्न बनाइएको सरकारले हाम्रो दललाई निर्वाचन अभियानमा प्रचारका लागि प्रशस्त मार्ग दिएको छैन,” जर्दारीले भ ने । उनले यसबाट निर्वाचन स्वच्छ तथा निस्पक्ष रूपमा सम्पन्न हुनेमा आफ्नो दल सशंकित बनेको जनाए । 

 

उनले पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरमा पत्रकार सम्मेलन गरी भने, “सञ्चारमाध्यम नियन्त्रित (सेन्सरसीप) बनेका छन् र राजनीतिक अधिकारीहरू पक्राउ गरिएका छन् । यो मानवअधिकारको उल्लङ्घन मात्र नभै निर्वाचनपूर्व हुने धाँधलीको खेल हो ।” 

 

पीपीपीका नेताहरूले सरकारले पटकपटक निर्वाचन अभियानका लागि आयोजना गरिएका पञ्जाबलगाएतका स्थानमा प्रदर्शनमा रोक लगाएको बताए । 

 

सञ्चारकर्मी, राजनीतिज्ञ तथा विश्लेषकहरूले निर्वाचनमा सेनाको शक्तिशाली हस्तक्षेप भइरहेको बताइरहेका छन् । 

 

पाकिस्तानी पूर्व प्रधानमन्त्री तथा पाकिस्तानी मुश्लिम लिग–नवाज (पीएमएल–एन)का नेता नवाज सरीफलाई पक्राउ गरिएको प्रसङ्गलाई जोड्दै यो निर्वाचनमा सेनाको हस्तक्षेपको सङ्केतसमेत भएको पीपीपीले जनाएको छ । 

 

निर्वाचनको मिति नजिकिँदै गर्दा शनिबार १२८ सहित पाकिस्तानमा कम्तीमा १५४ जनाको निर्वाचन अभियानमा सहभागी समर्थक तथा शुभेच्छुकको मृत्यु भएको पीपीपीको दावी छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

  • 5 hours ago
त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने

डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

  • 5 hours ago
डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

काठमाडौँ। नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो। यो सँगै साउन यता डेंगुबाट मृत्यु हु

चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

  • 5 hours ago
चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

बेइजिङ। उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष



पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।