प्रभास-कृति मात्र होइन, यी स्टारहरूको प्रेमकथा पनि फिल्मको सुटिङकै क्रममा सुरु भएको थियो

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । पछिल्लो समय बलिउड अभिनेत्री कृति सेनन र प्रभासको प्रेमसम्बन्धको चर्चा चलिरहेको छ । बलिउडमा यस्ता धेरै स्टार छन् जो फिल्म सुटिङका ​​क्रममा आफ्ना सह–कलाकारसँग प्रेममा परेका छन् ।

 

प्रायः बलिउड फिल्महरूमा स्टारहरूलाई रोमान्स गरेको देख्नु भएको छ, जुन तपाईलाई केमेस्ट्री जस्तो लाग्न सक्छ तर यी स्टारहरूको लागि यो अभिनय मात्र हो। तर, धेरै स्टारहरु अभिनय गर्दागर्दै प्रेममा परेका उदाहरण पनि रहेका छन् ।

 

हालसम्म धेरै यस्ता स्टार जोडी देखिएका छन्, जो सुटिङका ​​क्रममा प्रेममा परेका थिए र पछि विवाह समेत गरेका थिए । 

यस लिस्टमा पहिलो नाम कृति सेनन र बाहुबली स्टार प्रभासको रहेको छ, जसको सम्बन्ध भने पक्का भइसकेको छैन तर पछिल्लो समय दुवैको चर्चा भइरहेको छ । उनीहरु दुवै फिल्म आदिपुरुषमा देखिदैछन् । रिपोर्टका अनुसार दुवै एकअर्कालाई डेट गरिरहेका छन् ।

अभिषेक बच्चन र ऐश्वर्या रायले सन् २००७ मा विवाह गरेका थिए । फिल्मको सुटिङका ​​क्रममा नै दुवैको निकटता बढेको थियो । दुवैको विवाह भएको १५ वर्ष भइसकेको छ ।

करीना कपूर र सैफ अली खान  फिल्म टशनको सुटिङका ​​क्रममा एकअर्काको नजिक आएका थिए । दुवैले सन् २०१२ मा विवाह गरेका थिए ।

फिल्म ‘राम लीला’ मा काम गर्ने क्रममा रणवीर सिंह र दीपिका पादुकोण पनि एकअर्काको प्रेममा परेका थिए । सन् २०१८ मा दुवै विवाह बन्धनमा बाँधिएका थिए ।

रणवीर कपुर र आलिया भट्टले सन् २०२२ मा विवाह गरेका थिए । फिल्म ‘ब्रह्मास्त्र’ को सुटिङका ​​क्रममा यी जोडी एकअर्काको प्रेममा परेका थिए ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया

  • 11 hours ago
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर

धानबाडा गाउँ

  • 11 hours ago
धानबाडा गाउँ

मुगु। मुगुको छायानाथ रारा नगरपालिका–४, धानबाडास्थित गाउँ।

स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन

  • 11 hours ago
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन



पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।