पठाओ भन्छः अपहरणमा परेका राइडर राई अफलाइन राइडमा थिए

काठमाडौँ। राइड शेयरिङ कम्पनी पठाओले अपहरणमा परेका भनिएका राइडर प्रविन राई अफलाइन राइडमा रहेको जनाएको छ। पठाओ राइडर अपहरणमा परेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै पठाओले अपहरणमा परेको भनिएका राइडर अफलाइन राइडमा रहेको विज्ञप्तीमार्फत जानकारी दिएको हो।
पठाओका अनुसार राइडर राईले घटना भएको दिन सामखुसीबाट कोटेश्वरसम्म अन्तिम राइड लिएका थिए। कोटेश्वरबाट घटनास्थल धापाखेल पुगेको कुनै पनि विवरण पठाओ एपमा उपलब्ध नभएको पठाओले जानकारी दिएको छ। राईले बाटोमा भेटेको व्यक्तिलाई बार्गेटिङ गरेर राइड लिएको देखिएको र जुन सरासर गलत भएको विज्ञप्तीमा उल्लेख छ।
राइडर राईले अफलाइन राइड लिएको समय अपहरणमा परेको पाइएको छ। राईलाई शनिबार राति कोटेश्वरबाट चढेका एक युवकले धापाखेल पुर्याएर लुटपाट गरेका थिए। मुखमा टेप र हातखुट्टामा डोरीले बाँधेर राईसँग भएको ८ हजार नगद र मोटरसाइकल लिएर भागेका सुमन तामाङ र मिनराज राईलाई प्रहरीले पक्राउ गरेको छ। तामाङ कोटेश्वरबाट पठाओमा गएका थिए भने राईले धापाखेलमा बन्धक बनाउन सहयोग गरेको पाइएको प्रहरीले बताएको छ।
पठाओको विज्ञप्तीः
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली
- 2 hours ago

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत
- 3 hours ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!
- 5 hours ago

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।