देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुगे

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नको लागि बुढानिलकण्ठ पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि दिएको समय सीमा छोटिंदै जाँदा प्रचण्ड र देउवाबीच भेट भएको हो ।

 

प्रचण्ड पार्टीका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठसँग बुढानिलकण्ठ पुगेका हुन् । दोस्रो र तेस्रो ठूलो दलका नेताहरुबीच नयाँ सरकार गठन तथा अन्य विकल्पहरुको बारेमा छलफल हुने बताइएको छ ।

 

केही समयअघि देउवा निवासमा नै कांग्रेस पदाधिकारीको बैठक बसेको थियो । सो बैठकले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बार कुल्चिएको निष्कर्ष निकाल्दै सम्भावित सबै विकल्पमा दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही अनुसार प्रचण्ड देउवालाई भेट्नको लागि पुगेका हुन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अुनसार नयाँ सरकार गठनका लागि आव्हान गरेकी थिइन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आफुले विश्वासको मत लिन नपाउने अवस्था भएपछि संविधानको धारा ७६ को ४ मा प्रवेश नै नगरी उपधारा ५ मा जान सिफारिस गरेका हुन् । यसलाई संविधानविद् र राजनीतिक दलहरुले संविधानमाथिको अर्को प्रहार भएको भन्दै विरोध गरिरहेका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना

  • 8 minutes ago
कांग्रेस उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना भएको छ। गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा दुर्घटना भएको हो। सडक किनारबाट

स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

  • 1 hour ago
स्याङ्जामा  धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

  • 1 hour ago
चितवनका ५० हजार परिवार बाढीको जोखिममा

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।