प्रचण्डद्वारा ओलीको छलफल प्रस्ताव अस्विकार

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको तिक्तता पुनः बल्झिएको छ । पार्टीभित्र देखिएको विवाद समाधानको लागि प्रधानमन्त्री समेत रहेका ओलीले प्रचण्डलाई बालुवाटार छलफलको लागि बोलाए पनि प्रचण्डले भने उक्त प्रस्ताव अस्विकार गरेका छन् ।

 

गत आइतबारदेखि कर्णाली प्रदेशमा देखिएको सत्ता संकटको छलफलको लागि उक्त प्रदेशका नेताहरु काठमाडौँमा छन् । विवाद समाधानको लागि बिभिन्न तहका नेताहरुबीच छलफल भए पनि ओलीको प्रस्तावमा प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सन्तुष्ट हुन सकेको छैन । सोही कारणले गर्दा आज प्रचण्डल बालुवाटारमा हुन लागेको छलफलमा नगएका हुन् ।

 

पार्टीले गरेको निर्णयलाई पेल्दै प्रधानमन्त्री ओलीले एकलौटी ढंगले आफ्नै निर्णय लाद्न थालेपछि प्रचण्ड र नेपाल पक्ष सन्तुष्ट नभएको नेताहरुले बताउँदै आएका छन् । छलफलमा हुन्छ भने पनि व्यवहारमा ओलीले पार्टीको निर्णयहरु नमानेपछि प्रचण्डले ओलीको छलफल प्रस्ताव अस्वीकार गरेका हुन् ।

 

कर्णाली प्रदेशबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टी अध्यक्ष गोरखबहादुर बोगटी, प्रदेश कमिटीका सहइन्चार्ज यामलाल कँडेल, प्रमुख सचेतकबाट निलम्बित गुलावजंग शाह, र प्रदेश कमिटीका सचिव मायाप्रसाद शर्मा, प्रकाश ज्वाला, चन्द्रबहादुर शाहीलगायत तीनै गुटका नेताहरु काठमाडौं आएका छन् ।

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु

  • 5 hours ago
ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको  मृत्यु

कैलाली । कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको आज मृत्यु भएको छ । धनगढीमा निर्माणाधीन मोहना –अत्तरिया छ लेन सडक अन्र्तगत चटकपुरमा ना। ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी उपमहानगरपालिका– ३ सङ

नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह

  • 5 hours ago
नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ ।

भैंसीले हानेर एक जना महिलाको मृत्यु

  • 5 hours ago
भैंसीले हानेर एक जना महिलाको मृत्यु

दाङ । दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो ।



पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।