अभूतपूर्व विश्वासको मतले उर्जा र गौरवबोध भएको छः प्रधानमन्त्री प्रचण्ड

Global IME
Norvic Hospital

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते बसेको प्रतिनिधिसभाको बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताएका छन् ।

 

कम्युनिस्ट आन्दोलनका पूराना नेता, नेकपा (माओवादी केन्द्र) को जेष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकर्पण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

 

प्रधानमन्त्रीले भने, ‘सिंगो सदन नै विश्वासको मत दिने अवस्थामा आयो । यो नेपाली राजनीतिमा असाधारण परिघटना भयो । करिब राष्ट्रिय सहमति नै भयो । यो मेरा लागि गौरवको विषय हो, चुनौती पनि हो । मैले त्यही ठानेको छु । सिंगो देशलाई एकतावद्ध भएर जाने वातावरण बनेको छ, देश एकतावद्ध भएर जान्छ ।’

 

पुस्तकमाथि चर्चा गर्दै प्रधानमन्त्रीले भने, ‘भुवन दाइको पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको छ । झण्डै ४६ वर्ष पहिले भीमोदय माविमा फर्किएजस्तो अनुभूति भएको छ । पूराना शिक्षक साथीहरू र विद्यार्थीहरू पनि देख्दा छुट्टै आत्मीयताको महसुस भएको छ । परिवारका सदस्यहरू पनि हुनुहुन्छ । मलाई युवा जीवनको स्मृति भइरहेको छ ।’ 

 

‘त्यतिबेलाको समय उर्जाशील थियो । हामीले उत्साहका साथ मिलेर काम गरेका थियौँ । म जानुपूर्व एसएलसीमा कोही पनि उत्र्तीण भएका थिएनन् । म गएपछि ८ जना विद्यार्थी उत्तीर्ण भएँ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘२२/२४ वर्षको उमेर निकै महत्वपूर्ण र उर्जाशील रहेछ । मलाई नयाँ उर्जा प्राप्त भएजस्तो अनुभूति भएको छ ।’

 

‘अहिले ४६ वर्षपछि गोरखाबाटै निर्वाचित भएर प्रधानमन्त्रीमा निर्वाचित भएको छु’ उनले भने, ‘बुढीगण्डकी जलविद्युत आयोजना, आरूघाट, बेनीघाट लार्के सडक, पर्यटनको विकास मेरो प्राथमिकतामा छ । म त्यहीँको जनप्रतिनिधि हुँ, मेरो जिम्मेवारी बढेको छ ।’

 

कार्यक्रममा उपप्रधान एवं भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री चीनकाजी श्रेष्ठ लगायतले सम्वोधन गरेका थिए ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

  • 1 hour ago
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर

'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

  • 2 hours ago
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।

'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

  • 2 hours ago
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई



पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।