'उत्पीडितको एकताले मात्र देशको रक्षाका साथै जनताको अधिकारको पनि रक्षा गर्न सकिन्छ'
- शनिबार, २१ माघ, २०७९
- 1 month ago
- राजनीति

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताको आधार समतामूलक समाजको निर्माण गरेको बताएका छन् ।
आदिवासी जनजाति आयोगको दोस्रो स्थापना दिवस तथा ‘आदिवासी जनजाति अध्ययन’ सार्वजनिकीकरण कार्यक्रमका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सबै वर्ग, जाति र समुदायलाई समान अवसर तथा प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिने बताए । “अहिले आर्थिक चुनौती छन्, त्यसलाई सही बाटोमा लैजानु छ, समतामूलक समाजको निर्माण गर्नुपर्ने छ । राष्ट्रिय एकताको आधार पनि यही नै हो”, उनले भने–“उत्पीडितको एकताले मात्र देशको रक्षाका साथै जनताको अधिकारको पनि रक्षा गर्न सकिन्छ ।”
प्रधानमन्त्री दाहालले उपलब्धिको रक्षाका निम्ति राष्ट्रिय सहमति र एकता जरुरी रहेको उल्लेख गरे । राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिने उनको भनाइ थियो । आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो सङ्घर्षबाट प्राप्त नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगका बारेमा गम्भीर रुपमा छलफल गरेका थियौँ । छलफलपछि हामी आदिवासी, महिला, दलित, मुस्लिमलगायत आयोग बनाउने निष्कर्षमा पुगेका हौँ ।”
प्रधानमन्त्री दाहालले राज्यका सबै अङ्गमा समावेशी प्रतिनिधित्व पूर्ण नभए पनि सन्तोषजनक भएको बताए । “यो पूर्ण छैन । तर, यो निकै महत्वपूर्ण कुरा हो । यसलाई अझै समावेशी र पूर्ण समानुपातिक बनाउनेबारे छलफल चलिरहेको छ । त्यसका लागि हाम्रो प्रयास जारी रहनेछ”, उनले भने । समाज रुपान्तरणमा भएका सङ्घर्ष र त्यागको सम्मान गर्न हिच्कीचाउन नहुने उनको भनाइ थियो ।
प्रत्येक ठूला क्रान्तिपछि समाजमा प्रतिक्रान्तिको खतरासँगसँगै बढिरहेको हुन्छ भन्दै प्रधानमन्त्री दाहालले उत्पीडित वर्ग दिग्भ्रमितमा पर्नुहुँदैन भने । उनले आफूले जहिल्यै पनि आदिवासी जनजाति समुदायसँग घनिष्ठ सम्बन्ध स्थापित गर्दै आएको बताए ।
प्रधानमन्त्री दाहालले भने, “चाहे रोल्पा, रुकुम भन्नुस्, चाहे भोजपुर, खोटाङ भन्नुस्, चाहे गोरखा, लमजुङ, तनहुँ, मनाङ भन्नुस्, चाहे थारुका आधार क्षेत्र बाँके, बर्दिया, कैलाली र कञ्चनपुर भन्नुस्, चाहे मधेश भन्नुस्, मले उत्पीडित वर्ग र समुदायसँग एकाकार भएर नै आन्दोलनको नेतृत्व गरेको हुँ ।”
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले सीमान्तकृत तथा आदिवासी जनजातिको संरक्षण र सम्बर्धनबाट मात्र राज्यको हित हुने बताए । कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापामगरले हरेक क्षेत्रमा आदिवासी जनजातीको सहभागिता बढाउनका लागि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन
- 2 hours ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '
- 2 hours ago

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'
- 3 hours ago

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।