प्रकाश दाहालको नाममा २१ अर्ब रहेको प्रमाणित गर्न प्रचण्डको निजी सचिवालयले दियो चुनौति

फाइल फाेटाे

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले उनको दुबई भ्रमणको विषयलाई लिएर गरिएको  प्रचार अनर्गल, तथ्यहीन र भ्रामक भएको दाबी गरेको छ ।

 

अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ले मंगलबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो दुबई भ्रमणको विषयलाई लिएर प्रचण्डका दिवंगत पुत्र प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रहेको भनि गरिएको हल्लाको घोर भर्त्सना गरिएको छ ।

 

जनक्रान्तिका उपलब्धी विरुद्ध प्रतिगामी तत्वहरूबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको बताउँदै विज्ञप्तिमा क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरू क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेको दाबी गरिएको छ ।

 

‘दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने कुप्रचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको दुराशयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरूको षडयन्तपूर्ण भ्रामक प्रचार मात्र हो ।’

 

प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंकमा खात र पैसा रहेको प्रमाणीत गर्न विज्ञप्तिमा चुनौती दिइएको छ । त्यस्तै विज्ञप्तिमा यस प्रकारका षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरूलाई आवश्यक कारबाहीका लागि सरकारी निकायसँग अनुरोध समेत गरिएको छ ।

 


थप समाचार

सेती नदी जलविद्युत् आयोजनाको काम जारी

  • 4 minutes ago
सेती नदी जलविद्युत् आयोजनाको काम जारी

कास्की । कोभिड–१९ रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीमै काम शुरु भएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना आगामी भदौदेखि पूर्ण क्षमतामा शुरु हुने भएको छ ।

उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

  • 19 minutes ago
उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

काठमाडौं । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो ।

फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

  • 32 minutes ago
फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

काठमाडौं । नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।