प्रचण्ड चीन भ्रमणमा जाने

Global IME
Norvic Hospital

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० चीन भ्रमणमा जाने भएका छन् । शुक्रबार काठमाडौँमा भएको नेपाल–चाइना मिडिया फोरमको कार्यक्रममा बोल्दै प्रचण्डले आफू चीन जान लागेको बताएका हुन् । 

 

उनी चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन जाने भएका हुन् । कहिले जाने भन्ने बारेमा केही नबताए पनि चिनियाँ पक्षले आफ्नो नेतृत्वमा भ्रमण टोली आसोस् भन्ने चाहेकोले त्यसको तयारीमा आफूहरु लागिपरेको बताएका छन् । 

 

सोही कार्यक्रममा बोल्दै प्रचण्डले आफूलाई चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भेट्दा प्रयोग भएको ‘टु प्लस वान’ शब्द उपयुक्त नलागेको समेत बताए भने उनले लिपुलेकबारे भारत र चीनले गरको समझदारीमा आफूले सोही समयमा नै आपत्ति जनाएको बताए । गत महिना चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि नेपालको भ्रमणमा आएका थिए ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मेघ गर्जनसहित वर्षाको सम्भावना

  • 16 minutes ago
मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

  • 1 hour ago
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

  • 1 hour ago
चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।