डाेनाल्ड ट्रम्प र कमला ह्यारिसबीच आउँदो सेप्टेम्बरमा प्रत्यक्ष टेलिभिजन बहस हुने
एजेन्सी । अमेरिकी राष्ट्रपति पदका दुई जना उम्मेदवार डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच आउँदो सेप्टेम्बरमा प्रत्यक्ष टेलिभिजन बहस हुने भएको छ । अमेरिकी च्यानल एबीसी न्युजले आउँदो सेप्टेम्बर १० मा ट्रम्प र ह्यारिसबीच पहिलो टेलिभिजन बहस आयोजना हुने तय भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।
ट्रम्पले चुनावअघि डेमोक्र्याटिकका उम्मेदवारसँग पटकपटक बहस गर्न आफू तयार रहेको बताएका थिए । यस्तै ह्यारिसले हिजो मिशिगनमा भएको एउटा कार्यक्रममा आफू ट्रम्पसँगको बहसमा सहभागी हुने पुष्टि गर्दै थप बहसका लागि पनि तयार रहेको बताएकाे खबरमा उल्लेख छ ।
अमेरिकामा आउँदो नोभेम्बर ५ मा राष्ट्रपति पदको चुनाव हुँदैछ । चुनावका लागि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस प्रतिस्पर्धामा छन् ।
यसअघि गएको जुनमा वर्तमान राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पबीच चुनावी बहस भएको थियो । त्यो बहसमा बाइडेन निकै अलमलिएका थिए । त्यही कारण पार्टीभित्र र बाहिर उनको आलोचना भएपछि उनी अन्ततः उम्मेदवार नबन्ने निणर्यमा पुगेका थिए । त्यसपछि कमला ह्यारिस डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बनेका हुन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्
एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५
एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले
एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।
एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल
एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित