प्रचण्ड आज दिल्ली जाँदै, यस्तो छ कार्यतालिका
- बिहीबार, २१ भदौ, २०७५
- 4 years ago
- राजनीति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज भारत भ्रमणमा जाँदै छन् । भारत सरकारको निमन्त्रणामा जान लागेका प्रचण्डको भ्रमण टोलीमा पत्नी सीता, छोरी गंगा, स्वकीयसचिव जोगबहादुर महरा र प्रेस सहयोगी सूर्यकिरण शर्मा हुनेछन्।
भारतमा रहँदा प्रचण्ड केही कार्यक्रममा सहभागी हुनेछन् भने राजनीतिक भेटघाटमा पनि जानेछन् । उनी दिउँसो साढे ३ बजे एयर इन्डियाको जहाजबाट नयाँ दिल्ली गएपछि साँझ नै नेपाली राजदूतावासको सामान्य भेटघाट कार्यक्रममा सहभागी हुनेछन्।
प्रचण्डले शुक्रबार आईसीडब्लूएको कार्यक्रममा सम्बोधन गर्नेछन्। उनले त्यही दिन राजनीतिक भेटघाट सुरु गर्नेछन्। भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेपछि उनले अन्य नेताहरूसँग भेटघाट गर्नेछन्। उनले भारतीय प्रधानमन्त्री र अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।
दिल्लीमा रहँदा उनले त्यहाँका बुद्धिजीवी र पत्रकारसँग पनि भेटघाट गर्ने तय भएको छ। उनी २४ भदौमा स्वदेश फर्कनेछन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?
- 20 minutes ago

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।
मेघ गर्जनसहित वर्षाको सम्भावना
- 55 minutes ago

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी
- 1 hour ago

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।