नाेबेल पुरस्कार मागेर प्रचण्ड 'लाेभी बाहुन'मा पतन भए

Norvic Hospital

कहाँ जान भनेर हिडेको बटुवा कहाँ पुग्ने रहेछ । नयाँ जनवाद, समाजवाद र साम्यवादको सपना बोकेर हिडेको यौटा विद्रोही कमाण्डर साम्राज्यवादको हातबाट नोवेल शान्ति पुरस्कार (गद्दारीको प्रमाण पत्र) पाउँन गिडगिडाएको र पिछलग्गु हनुमानहरूले ‘जयजय’ गरेको देख्नु पर्ला भनेर टाउकोमा कात्रो बाँधेर दुश्मनको किल्लामा लड्न हिँडेका कुनै योध्दाले सोचेका थिएनन् ।  

 

एक थुप्रो हाडछाला बचाउनको लागि जनताका दुश्मनसँग कलात्मक र किस्ताबन्दी आत्मसमर्पण गर्दै पहिले जनसत्ताको विघटन, त्यसपछि जनसेनाको विघटन र अन्तमा एक थान थोत्रो पार्टी पनि एमालेको घुर्‍यानमा मिल्काएर आफू र आफ्ना जहान परिवारलाई सत्ता–सुखको रसपान गराउन सफल व्यक्तिलाई तमाम शहीद परिवार, जनयुध्दका कार्यकर्ताहरू, श्रमजीवि वर्ग र उत्पीडित जनसमुदायले अन्तर मनदेखि नै धिक्कारेका छन् । 

 

सिङ्गो वर्ग संघर्षलाई आत्मसमर्पणमा लगेर सिध्याउने पात्र पश्चातापबोधले आत्मसमर्पण गर्नुपर्ने हो । उल्टै मैले के के गरें भनेर साम्राज्यवादसँग पुरस्कारको भीख मागेको देख्दा एउटा इमान्दार कम्युनिष्टको शिर लाजले झुक्छ, घृणाले आत्मा जल्छ र क्रोधले असैह्य पीडा हुन्छ ।

 

जसलाई लाज हुनु पर्ने हो उसलाई लाज नभएपछि वरिपरि हुनेहरूले लाज छोप्न सघाउलान् भन्दा उल्टै अरु पनि नाङ्गिने प्रतिस्पर्धामा तँछाड–मछाड गरेको देखिएको छ । यो बेला प्रचण्डलाई उनका आसेपासेहरूले सोध्नु पर्‍यो– संसारका कुन कम्युनिष्ट क्रान्तिकारीले नोबेल पुरस्कार पाएका थिए ? 

 

संसारभरिका क्रान्तिकारी कम्युनिष्टहरू त साम्राज्यवादको आक्रमणको निशानामा परे, हत्याको षड्यन्त्रकारी घेरामा परे, घृणा र भर्त्सनाको केन्द्रविन्दूमा परे । तर प्रचण्डलाई मोदी किन धाप मार्छन ? ट्रम्पले किन रिस गर्दैनन् र सी जिनपिङले पनि किन दया गर्छन् ? के प्रचण्डको प्रचण्ड प्रतापी ओजले हो ? होइन, त्यो केही होइन । 

 

प्रचण्ड त दारा नङ्ग्रा फुकालेर सर्कसमा राखिएको बुढो बाघ हो । बुढो बाघले शिकार गर्दैन बरु अरुले गरेको शिकारको आश गर्छ । आधा कार्यकाल प्रधानमन्त्री पाउनुपर्ने, दुई जना हुँदा पनि पार्टी अध्यक्ष हुनै पर्ने र अहिले नोबेल पुरस्कारकै माग गरेर रोएको देख्दा प्रचण्ड एउटा निकृष्ट ‘लोभी बाहुन’मा पतन भएको देखिन्छ । 

 

मान्छे पतन भइसकेपछि के के सोच्दो रहेछ भन्ने एउटा कुरूप उदाहरण बनेका छन् प्रचण्ड । हिजो त्याग, तपस्या र समर्पणका पर्याय बनेका प्रचण्ड आज परिवारका हरेक सदस्यलाई जसरी पनि पद दिलाउन पर्ने र आफुले पनि खानै पर्ने चुत्थो आत्मकेन्द्रित लघुमानवमा रुपान्तरण भएका छन् । 

 

के नेपालमा स्थायी शान्ति आइसक्यो ? के नेपालमा अब कुनै पनि प्रकारको द्वन्द्व छैन ? के यो देशका वर्गीय, जातीय, क्षेत्रीय तथा लैंगिक समस्या समाधान भए ? के प्रचण्डका छोरी र बुहारी मेयर र मन्त्री हुनासाथ सबै महिला मुक्त भए ? के प्रचण्डको जीवन पूँजीपति वर्गको बन्दैमा यो देशबाट गरिबी समाप्त भयो ? पूँजीवादीहरूले जति लुटे पनि हुने, जति भ्रष्टाचार गरे पनि हुने, जति कमिशन खाए पनि हुने, जति मनपर्दी गरे पनि हुने तर जनताले फुटेको कौडी नपाउने व्यवस्था ल्याउनु नै प्रचण्डको गन्तव्य थियो ? के अजय सुमार्गीलाई डेढ दशकमा देशका गिनेचुनेका अरबपतिमा उचाल्नु नै प्रचण्डको समाजवाद र समृद्धिको नमूना हो ? के जनतालाई धोका दिएर दुश्मनको सेवा गरेको कारणले प्रचण्डलाई पुरस्कृत गर्नुपर्ने ? 

 

प्रचण्ड पुरस्कृत गरिनुपर्ने मानिस होइनन्, बरु दण्डित हुनुपर्ने मान्छे हुन् र जनवादी क्रान्ति सम्पन्न गरेर समाजवाद ल्याउने सपना देखाएर त्यसलाई चुत्थो गणतन्त्रमा बिसाउने उनको बेइमानीको उनले भागीदार हुनुपर्छ । कमसेकम उनले ‘मैले प्रयत्न गरेको हो सकिनँ, मरिन्छ भन्ने डर लाग्यो’ भनेर जनतासँग माफी माग्नु पर्थ्यो । 

 

उनीमाथि बाबुराम भट्टराई लगायतले अरबौं भ्रष्टाचार गरेको आरोप लगाएको छ, त्यो आरोपको उनले सफाई दिनु पर्थ्यो । माफी माग्नु र सफाई दिनु त कता हो कता, उल्टै मैले नोबेल पुरस्कार पाउने महान काम गरेकोले मलाई पुरस्कार दिनु पर्‍यो भनेर माग्नु लज्जाको विषय हो । 

 

माओवादी आन्दोलन विभाजित हुँदै आज त्यसको एउटा धारा प्रचण्डकै अगुवाईमा एमालेमा पुगेर जसरी विसर्जित भएको छ त्यो कुराको मुख्य जिम्मेवारी प्रचण्डको हुन्छ । हिजो जनयुध्द कालमा सफल नेतृत्व गरेको मुख्य जस जसरी उनलाई जान्छ त्यसै गरे चुनवाङ बैठकबाट लोकतान्त्रिक गणतन्त्रको बाटो हुँदै समस्त उपलव्धिहरूलाई पूँजीपतिहरूका नारासँग साटेको र जनयुध्दको धारा आज अपमानित हुनु परेको कुराको जिम्मा उनले नलिए कसले लिन्छ ? 

 

आ–आफ्नो जिम्मेवारी अनुसारको जिम्मा त सबैले लेलान, तर पार्टीमा सर्वेसर्वा प्राधिकार बनेर अरुलाई ताली मात्र पिट्ने बनाएर र कैयन् काम पार्टी कमिटीको निर्णय बेगर आफु खुसी गरेर बिग्रिएको जिम्मा कसले लिन्छ ? जस्तो कि पछिल्लो पटक माओवादीलाई एमालेमा मिसाउने निर्णय उनी एक्लैले गरे । यो एकतापछि आज माओवादीहरू जसरी एमालेभित्र निरीह भएर बस्नु परेको छ त्यो कुराको जिम्मा किरणले लिने हो र ? पक्कै पनि प्रचण्डले लिनु पर्छ ।

 

हिजो प्रचण्ड पार्टी भित्र सवैका आशा र भरोसाका केन्द्र थिए । पार्टी भित्र मात्र होइन बाहिर पनि सर्वहारा श्रमजीवी वर्ग तथा उत्पीडित समुदायको लागि उनी मुक्तिदाता नै थिए र त्यो धेरै हद सम्म सही थियो । एउटा कालखण्डमा राम्रो र महान् काम गरेको नेतृत्वले अर्को समय र परिस्थितिमा उसै गरी ठुलाठुला गल्तीहरू पनि गर्ने रहेछ । 

 

मूलतः शान्ति प्रक्रियामा आए पछि प्रचण्डबाट दुश्मनका अगाडि घुँडा टेक्ने भयानक गल्तीहरू भए । आफ्नो वर्गको पक्षधरताबाट विमुख बनेर स्वयंलाई पूँजीपति वर्गको प्रतिनिधि बनाउने बेइमानी भए । आफु मात्र होइन आफ्नो वरिपरी रहेको नेतृत्वको पंक्तिलाई पनि उनले दक्षिणपन्थी बनाउन ठूलो भूमिका खेले । भित्रभित्रै चन्दा, घुस र कमिशन बटुलेर रातारात नोकरशाह पूँजीपति वर्गमा एउटा टीमलाई नै बदल्न उनी सफल भए । जनता र कार्यकर्ताका समस्यालाई ‘हुन्छ हुन्छ, म छु’ भन्दै लगातार पूँजीवादी बाटोमा उनी हिँडे र कसैका कुरा नसुनी कुनै कमिटीलाई थाहा नदिई उनी पूँजीवादी शिविरभित्र छिरे । 

 

आफुलाई सुरक्षित र अमर बनाउन अब उनलाई नोवेल पुरस्कारको भोक तिर्खा लागेको छ । बच्चाले जस्तै त्यो पनि मागिहाले । तलबाट कविरहरूले परर ताली पिट्दै भने, ‘हो हाम्रा गौरवशाली कमरेडलाई नोबेल पुरस्कार दिने पर्छ ।’ तालीको कर्तल ध्वनिबीच कुम हल्लाउँदै दुवै हातका बुढी औंला वृताकार रेखामा घुमाउँदै छविराम बाहुन पुरानै लवजमा खित्खिताए ।

 

पुष्पकमल दाहाललाई नोबेल पुरस्कार दिएर यो देशका श्रमजीवी जनतालाई केही फाइदा हुने छैन । त्यो पुरस्कारले फाइदा यो देशका दलाल पूँजीपति र साम्राज्यवादलाई नै हुन्छ । पुष्पकमल दाहाल र केपी ओलीजस्ता संशाेधनवादीहरूलाई देखाएर ‘लु हेर कम्युनिष्ट भनेका यस्ता हुन्छन्’ भनेर संसारभरका कम्युनिष्टहरूलाई बदनाम गराउन यिनीहरू नमुना हुन सक्छन् । त्यसैले साम्रज्यवादकै रणनीतिअनुसार यो नोवेल पुरस्कारको हल्ला चलाइएको हुन सक्छ । 

 

अर्को कुरा, सग्लै जनयुध्दलाई बिसाएर पूँजीवादको इमान्दार नोकरको रुपमा सेवा गरेबापत मैले केही पाउनु पर्ने हो भन्ने विचार प्रचण्डको दिमागमा आएको हुन सक्छ र यो गुनको बदला उनलाई साम्राज्यवादले गुलियो बचन दिएको पनि हुन सक्छ । प्रचण्डले नोबेल पुरस्कार पाए पनि त्यो जनताको लागि काम नलाग्ने र केही गरेर अन्त्यमा बहाना बनाएर दिएन भने पनि त्यो प्रचण्डलाई थप गलाएर पानी पार्ने चाल हुन सक्छ । 

 

एक पटक लत्रिएको मान्छे पुरस्कार नपाए पनि उठेर फेरि जनताको हुने कुनै सम्भावना छैन । बरू अझ दत्तचित्तले बाँन्चुन्जेलमा जसरी पनि नोवेल पुरस्कार थापेर मर्ने भनेर साम्राज्यवादको चाकडी गर्ने नै सम्भावना रहन्छ । त्यसैले नेपालका क्रान्तिकारीहरू प्रचण्डको नोबेल पुरस्कार माग र सिफारिसको प्रकरणमा उत्साहित हुने होइन बरु लज्जित हुनु पर्ने अवस्था छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

  • 7 hours ago
राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

काठमाडौँ । आज देखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

  • 7 hours ago
नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२७२७ जनाको परीक्षण गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको छ ।

नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  • 7 hours ago
नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा युवा नेता प्रकाश रसाइली ‘स्नेही’ ले पार्टीको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।