यी प्रदेशमा भारी वर्षाको सम्भावना

Norvic Hospital
  • सोमबार, १ कार्तिक, २०७८
  • 1 month ago
  • नेपाल

काठमाडौँ । हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा पनि गराएको छ ।उत्तरतिर सर्दै गरेको उक्त मौसमी प्रणालीको प्रभावले देशका अधिकांश भू–भागमा सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 

सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षा भइरहेको छ । महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार अहिले लुम्बिनी, गण्डकी  र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाका साथै  प्रदेश नं १ र २ मा हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभाव जारी रहेको र अझै केही दिन बदली र वर्षा हुने उनले बताइन् । साथै सुदूरपश्च्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेको छ । पाकिस्तान र भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु अहिले नेपालको पूर्वी भागतर्फ सरिरहेको छ । यो वायु सुस्तगतिमा अघि बढ्ने भएकाले नेपालमा अझै केही दिन असर रहने मौसमविद् बासीले बताइन् ।

 

काठमाडौँ उपत्यकामा आइतबारदेखि नै बदली हुनाका साथै कतिपय स्थानमा हल्का वर्षासमेत भइरहेको छ । गएराति काठमाडौँसहित देशका पूर्वी भेगमा हल्कादेखि मध्यम वर्षा भएको थियो । उपत्यकाको आकाशमा बिहानैदेखि कुहिरो लागेको छ । देशको पश्चिमी भेगमा भारी वर्षा भएको छ  । महाशाखको पछिल्लो विवरणमा डडेलधुरामा ११६, दिपायलमा ९५, धनगढीमा ८०, वीरेन्द्रनगरमा, ५९, घोराहीमा ४८ र नेपालगञ्जमा ३९ मिलिमिटर वर्षा भएको थियो ।

 

मौसम पूर्वानुमान बुलेटिनमा प्रदेश नं १, प्रदेश नं २ लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेको उल्लेख छ । रातिको समयमा पनि प्रदेश नं १, प्रदेश नं २का साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

 

आज पनि देशभर सामान्यदेखि पूर्ण बद्ली रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

 

देशका पश्चिमी, उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

मङ्गलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा प्रदेश नं १, वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपच्चिमका केही स्थान र प्रदेश नं १, लुम्बिनी ,कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

 

रातिको समयमा पनि देशभर सामान्य बदली रहनाका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा प्रदेश १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी, उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेकोसमेत उल्लेख गरिएको छ ।

 

कात्तिक ३ गते बुधबारसम्म पनि सोही मौसमी प्रणाली कायम रहनेछ । महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २७ दशमलव आठ र न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ओली आफ्नै अहंकार, घमण्ड र गुटगत राजनीतीले बगरमा पुगेः ज्ञामनाथ गैरे

  • 3 minutes ago
ओली आफ्नै अहंकार, घमण्ड र गुटगत राजनीतीले बगरमा पुगेः ज्ञामनाथ गैरे

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश समिती सदस्य ज्ञामनाथ गैरे अनिलले प्रतिगमनका मतियार केपी शर्मा ओली आफ्नै अहंकार, घमण्ड र गुटगत राजनीतीले सगरमाथाको शिर देखि अहिले बगरमा पु

भारतमा पनि देखियो कोरोनाको नयाँ भेरिएन्ट

  • 7 minutes ago
भारतमा पनि देखियो कोरोनाको नयाँ भेरिएन्ट

काठमाडौँ । दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक ब

लागुऔषधसहित तीन जना पक्राउ

  • 11 minutes ago
लागुऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर । पुर्नवास नगरपालिका–६ मिलनबजार क्षेत्रबाट सशस्त्र प्रहरीले आज लागुऔषध नेट्राभेट–१० सहित तीन जनालाई पक्राउ परेको छ ।



जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।