पृथ्वी जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने
- सोमबार, २५ पुष, २०७९
- 2 months ago
- साहित्य


काठमाडौँ । नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३०१औँ जन्म जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी गर्ने भएको छ ।
पुस २६ गतेदेखि सुरु हुने प्रदर्शनी १५ दिनसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा साहित्य, समालोचना, बाल साहित्य, कोश, कथा, कविता, इतिहास, लोक साहित्य, संस्कृति, ललितकला, सङ्गीत, विभिन्न ‘जर्नल’ गरी ५०० भन्दा बढी प्रकारका पुस्तक एवं पत्रपत्रिका प्रदर्शनीमा राखिने जनाइएको छ । हालसालै प्रकाशन भएका २० प्रकारका पुस्तक प्रदर्शनीमा आकर्षणको केन्द्र बन्नेछन् । प्रदर्शनीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले गर्ने भएका छन् ।
प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिनेछ । नेपाली बृहत् शब्दकोश एउटा किन्दा १५ प्रतिशत र दुईवटा किन्नेलाई २० प्रतिशत सहुलियत दिने तयारी भएको प्रदर्शनीका व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिए ।
प्रदर्शनी १५ दिनसम्म चलाउने तयारी गरिएको भए पनि पाठकको चाहना बढ्यो भने अवधि थप गर्न सकिने पनि उनले सुनाए । प्रदर्शनीमा साझा प्रकाशन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान एवं सांस्कृतिक संस्थानबाट प्रकाशन गरिएका पुस्तक एवं पत्रपत्रिकासमेत राखिने छ । ललितकला प्रज्ञा प्रतिष्ठानका प्रकाशनमा भने ५० प्रतिशतसम्म सहुलियत दिइने प्रतिष्ठानले जनाएको छ ।
पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते सांस्कृतिक ¥यालीसहित सिंहदरबारको पश्चिम मूलढोकामा पुगी पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रमसमेत राखिएको छ । पृथ्वी जयन्तीका अवसरमा यस वर्षदेखि फेरि सरकारले सार्वजनिक बिदा दिने भएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चकलेट कारखानामा विष्फोट, दुई जनाको मृत्यु
- 2 minutes ago

एजेन्सी । पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् ।
प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- 4 minutes ago

झापा । जिल्ला प्रहरी कार्यालयले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे अवस्थामा थन्क्याइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको छ ।
चलचित्र बोर्ड सदस्यमा बुढाथोकी र अधिकारी नियुक्त
- 7 minutes ago

काठमाडौँ । चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन् । रिक्त रहेका तीनमध्ये दुई पदमा निर्देशक केएल बुढाथोकी र निर्माता रवि अधिकारी नियुक्त भएका हुन् ।
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।