प्रहरी देख्ने वित्तिकै यसरी भागे ‘प्रकाण्ड’

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ पक्राउ परेका छन् । उक्त समूहका पश्चिम कमाण्ड तथा विदेश विभाग प्रमुख बाँस्तोला ललितपुरको दुर्गम क्षेत्रबाट पक्राउ परेका हुन् ।

 

प्रहरीका उच्च अधिकारीका अनुसार पार्टीको सचिवालय सदस्यसमेत रहेका बास्तोला ललितपुर र मकवानपुरको सिमावर्ती क्षेत्रबाट पक्राउ परेका हुन् । उनलाई प्रहरीले विशेष सुराकको आधारमा पक्राउ गरेको हो ।

 

बास्तोलासहितका नेता सो क्षेत्रमा रहेको थाहा पाएपछि प्रहरीले पक्राउको लागि बुधवार सादा पोशाकका प्रहरी खटाएको थियो । त्यस्तै, आवश्यक परेको खण्डमा थप बल पठाउने तयारीका साथ अर्को टोलीलाई पनि महानगरीय प्रहरी कार्यालयमा तयारी अवस्थामा राखिएको थियो ।

 

पक्राउ परेका धर्मेन्द्र बास्तोला

 

सादा पोशाकका प्रहरी ललितपुरको सो क्षेत्रमा पुगेर धर्मेन्द्र बास्तोलालाई पक्राउ गरे । चारवटा मोटरसाईकलमा आएका विप्लव समुहका नेता कार्यकर्ताको मोटरसाइकल प्रहरीले रोकेपछि दुईवटा मोटरसाईकल भने भाग्न सफल भयो । सोही मोटरसाइकलमा ‘विप्लव’पछिको दोस्रो बरियताका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रहेको स्रोतको भनाई छ । प्रकाण्डसँगै केन्द्रीय सदस्य चिरन पुन तथा विद्यार्थी नेता अनिल शाही पनि प्रहरीको घेरा तोडेर भागेका हुन् । शाही रोकेको मोटरसाइकलमा भए पनि उनी प्रहरीको घेरा तोडेर भागेको स्रोतको भनाई छ । 

 

तर, प्रहरीले विप्लव समूहका तेस्रो बरियताका नेता धर्मेन्द्र बास्तोला सहित अन्य दुईजनालाई भने पक्रेर काठमाडौँ ल्याएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

  • 27 minutes ago
बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विच

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

  • 33 minutes ago
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

  • 36 minutes ago
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।