‘प्रकाण्ड’विरुद्ध दाङमा मुद्दा, भोजपुरबाट दाङ ल्याइँदै
आजै अदालत लैजाने
- प्रेमबहादुर राम्जा
- बिहीबार, २१ भदौ, २०७५
- 4 years ago
- राजनीति

दाङ । पटक-पटक सर्बोच्चले छाड्न निर्देशन दिँदै पक्राउ पर्दै आएका नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रबक्ता खड्गबहादुर विश्वकर्माविरुद्ध दाङमा मुद्दा परेको छ । त्यसका लागि ‘प्रकाण्ड’ लाई भोजपुरबाट आजै प्रहरीले दाङ ल्याइदै छ ।
प्रहरीले आज अपरान्हसम्म दाङ ल्याईपु¥याईने प्रहरीले जनाएको छ । प्रकाण्डलाई आजै दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले तयारी गरेको छ । बुधबार जिल्ला अदालत भोजपुरबाट ६० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै प्रहरीले पुनः उनलाई हिजो नै पक्राउ गरेर दाङ ल्याउन थालेको हो ।
प्रदेश तथा प्रतिनिधि सभा निर्बाचनको क्रममा तुलसीपुरमा बम बिष्पोटमा परी म्यादी प्रहरी अर्जुन चौधरीको मृत्यु भएको थियो । सोही घटनामा प्रकाण्डको नाममा उजुरी परेको छ । ‘तुलसीपुरको घटनाको बिषयमा ल्याउन थालीएको हो’ जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कृष्णहरी शर्माले भने ।
प्रकाण्ड बिरुद्ध भोजपुरमा तीन वटा मुद्दा दर्ता भएका र दुई मुद्दामा २५÷२५ हजार र बाँकी एक मुद्दामा १० हजार धरौटीमा छाडिएको छ । प्रकाण्डलाई भोजपुरको प्रदेश ‘ख’ उम्मेदवार तथा पूर्बसञ्चारमत्री शेरधन राईलगायतको चुनाव प्रचार टोलीलाई लक्षित गरेर टेम्के मैयुङ गाउँपालिका ६ कोटमा सकेट बम बिष्फोटमा संलग्न भएको प्रहरीको आरोप छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान
- 17 minutes ago

लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । उक्त विषयमा निर्णय लिन आज संसदीय दलको बैठक आह्वान गरिएको छ । आज दिउ
चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?
- 40 minutes ago

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।
मेघ गर्जनसहित वर्षाको सम्भावना
- 1 hour ago

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।