आवश्यकता पुरा हुने सहायता स्वीकारौँ : सहमहामन्त्री महत

फाइल फोटो

कास्की । नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले देशको आवश्यकता र स्वार्थ पुरा हुने सहयोग र सहायता स्वीकार गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उनले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाली जनताको हित र आवश्यकताको पक्षमा रहेकाले आफ्नो पार्टीले समर्थन गरेको उल्लेख गरे ।

 

देशको आवश्यकता र स्वार्थलाई निश्चित देशसँगको सम्बन्धबाट कति सुरक्षित गर्न सक्दछौँ भन्ने परराष्ट्र नीतिको मूल विषय रहेको चर्चा गर्दै उनले भने, “कुन देशको राजनीतिक प्रणाली कस्तो छ भन्नेमा त्यही देशको सरोकार हो । हाम्रो सरोकार देशदेशसँगको सम्बन्ध हो, त्यहाँको राजनीतिक प्रणालीसँगको सम्बन्धको कुरा होइन ।”

 

‘यति ग्रुप’को हातमा देशको राष्ट्रिय सम्पत्ति अपारदर्शिरुपमा एकपछि अर्को ढङ्गले जिम्मा लगाउने काम भएको भन्दै उनले सरकारको गलत कामको विरोधलाई पार्टीले तीव्र बनाएर लैजाने र राम्रो कामको समर्थन गर्ने बताए । काँग्रेसको आगामी वर्ष हुने महाधिवेशन तोकिएकै मितिमा हुनेमा पार्टीभित्र सहमति भइसकेको बताउँदै उनले सबै विषय मिलिसकेकाले आगामी वर्ष फागुन ७ देखि १० गतेसम्म महाधिवेशन हुने उल्लेख गरे ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आफुलाई मुखमा थुकेको भन्दै जब शनि देवलले अनिल कपुरको कठालो समातेका थिए...

  • 54 minutes ago
आफुलाई मुखमा थुकेको भन्दै जब शनि देवलले अनिल कपुरको कठालो समातेका थिए...

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् सन्नी देवल र अनिल कपुर । पछिल्लो ३५ वर्षदेखि यी दुई कलाकारबीच बोलीचाली बन्द रहेको छ । आखिर ३५ वर्ष अगाडि के भएको थियो ?

दशैँमा गाउँतिरको पीडा

  • 1 hour ago
दशैँमा गाउँतिरको पीडा

पर्वत । पर्वतको मोदी गाउँपालिका स्थायी घर भइ हाल पोखरा– १२ मा बसोबास गर्दै आएकी शिला पौडेल जसरी पनि विगत वर्षमा दशैँमा आफ्नो घर पुगिन् । घट्स्थापनादेखि छोराछोरीको विद्यालयमा दशैँ बिदा शुरु हुने भएकाले

नेपाली कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

  • 1 hour ago
नेपाली कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

काठमाडौँ । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।