प्रलेसको राष्ट्रिय सम्मेलनको तयारी

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ । प्रगतिशील लेखक सङ्घको १२औँ राष्ट्रिय सम्मेलनको तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ । यही चैत २५ र २६ गते काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनपूर्व प्रदेश र जिल्ला अधिवेश सम्पन्न गर्न सङ्घले परिपत्र पनि गरेको छ ।

 

सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीको अध्यक्षतामा सोमबार सम्पन्न सचिवालयको बैठकले उनकै संयोजकत्वमा व्यवस्थापन, उपाध्यक्ष गोपिरमण उपाध्यायको संयोजकत्वमा प्रकाशन, उपाध्यक्ष सुशीला प्रधानाङ्गको संयोजकत्वमा स्रष्टा सम्मान, महासचिव समिर सिंहको संयोजकत्वमा प्रतिवेदन मस्यौदा उपसमिति गठनको निर्णय गरेको हो ।

 

सङ्घका महासचिव सिंहका अनुसार उपमहासचिव आरसी न्यौपानेको संयोजकत्वमा विधान मस्यौदा, सचिव प्रकाश थापामगरको संयोजकत्वमा प्रचार–प्रसार, पारस ढकालको संयोजकत्वमा स्वयंसेवक, डा देवी दुलालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन र पुरु लम्सालको संयोजकत्वमा हल व्यवस्थापन उपसमिति गठन गरिएको छ । सङ्घमा वामपन्थी दल निकट लेखक साहित्यकारहरू आवद्ध छन् । विगतमा असन्तुष्ट भई सङ्घबाट अलग भएका प्रगतिशील घटकलाई आउँदो महाधिवेशनमा समावेश गराउन सङ्घले वार्ता प्रक्रिया अघि बढाएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गठबन्धनबाट विकास सम्भव छैन – महासचिव पोखरेल

  • 10 hours ago
गठबन्धनबाट विकास सम्भव छैन – महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक ध्रूबीकरण आवश्यक रहेको बताएका छन् । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेप

आईजीपी बढुवाविरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाइ १९ असारमा

  • 11 hours ago
आईजीपी बढुवाविरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाइ १९ असारमा

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ १९ असारसम्म सरेको छ ।

कुटपिट गरेर कम्युटर अपरेटरको गाडी लुट्ने ३ भारतीय नागरिक पक्राउ

  • 11 hours ago
कुटपिट गरेर कम्युटर अपरेटरको गाडी लुट्ने ३ भारतीय नागरिक पक्राउ

धनगढी । कैलालीको भीम दत्त राजमार्ग अन्तर्गत गोदावरीमा डडेल्धुराको आलीताल गाउँपालिकाका कम्युटर अपरेटर लोकेन्द्र भण्डारीलाई कुटपिट गरेर कार लुट्ने समूहका तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।

विचित्र विश्व

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।