दोस्रो प्रतिभा नक्षत्रको फाइनल आइतबार, बाल समुहमा १६ र युवामा १२ प्रतियोगी

  • शुक्रबार, १ भदौ, २०७५
  • 2 years ago
  • युके

 

लण्डन । बेलायतको नेपाली समुदायभित्रका प्रतिभाहरुको खोजी गर्ने कार्यक्रम प्रतिभा नक्षेत्रको फाइनल यहि आइतबार अगस्ट १९ मा आयोजना हुंदैछ ।

 

प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा आयोजना हुने दोस्रो प्रतिभा नक्षेत्र २०१८ को फाइनलबाट युवा तथा बाल समुहमा छुट्टाछ्ट्टै विजेताहरु चयन गरिनेछ । 

 

विहिबार सांझसम्म कार्यक्रमको तयारी करिब पूरा भएको जानकारी आयोजक प्रतिभा नक्षेत्रले गराएको छ । आइतबारको फाइनल राउण्डमा बाल समुहमा १६ तथा युवा समुहमा १२ प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन् । यीनै प्रतियोगीहरुमध्येबाट सन् २०१८ को बाल प्रतिभा नक्षेत्र र युवा प्रतिभा नक्षेत्रको घोषणा गरिनेछ । 

 

 

यसपटक युवा समुहमा प्रथम हुनेलाई ५ सय पाउन्ड, दोस्रो हुनेलाई ३ सय पाउण्ड र तेस्रो हुनेलाई २ सय पाउण्ड नगद र ट्रफीको पुरुस्कार दिइनेछ । त्यस्तै, बाल समुहमा प्रथम हुनेलाई  ३ सय पाउण्ड, दोस्रो हुनेलाई २ सय पाउण्ड र तेस्रो हुनेलाई १ सय पाउण्ड नगद र ट्रफीले पुरस्कृत गरिनेछ । 

 

विजेताहरुलाई बेलायतमा आयोजना हुने विभिन्न कार्यक्रम तथा प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर दिइनेछ । यसपटक प्रतिभा नक्षेत्रमा लण्डनसहित योर्क, एसेक्स, सर्रे, डार्टफोर्ड, स्कटल्याण्ड लगायतका बेलायतका विभिन्न क्षेत्रबाट प्रतियोगीहरुको आवेदन परेको थियो । 

 

गायन, कविता, नृत्य, वाद्यवादन ( हारमोनियम, भाइलिन , गिटार ) , लगायतका फरक फरक विधाका प्रतिभाहरु प्रतिस्पर्धामा छन् । सबै प्रतियोगिहरूलाई हरेक दिन जसो मेन्टरहरूले अभ्यासस्थल र अनलाइनको माध्यमबाट समेत सुपरभिजन गर्दै गत अगस्ट ९ तारिख बिहिबारका दिन प्लमस्टिडस्थित गोर्खा क्लबमा अडिसन लिएर छनौट गरिएको थियो । 

 

प्रवासमा नेपाली संस्कृति, भाषा, कला र संस्कारको संरक्षण गर्ने तथा यहां हुर्किदै गरेको दोस्रो पुस्तामा हस्तान्तरण गर्ने प्रमुख लक्ष्यसहित गत वर्ष प्रतिभा नक्षेत्रको पहिलो संस्करण आयोजना भएको थियो । 

 

यसपटक आयोजना हुन लागेको प्रतियोगिताको दोस्रो संस्करणलाई सहभागिता र व्यवस्थापनको हिसाबले अझै बढि व्यापक बनाइएको आयोजक प्रतिभा नक्षेत्रकी अध्यक्ष सिम्मी पुनले बताएकी छन् । 

 

प्रतियोगीहरुका साथ आयोजक प्रतिभा नक्षेत्रकी अध्यक्ष सिम्मी पुन 

 

कार्यक्रमलाई सफल बनाउने लक्ष्यसहित कार्यक्रमका परिकल्पनाकार राजेन्द्र खस, संरक्षक मनिषकुमार श्रेष्ठसहित सिम्मी पुन नेतृत्वमा लक्षमण गुरुङ, सन्तोष कार्की, विनोद चिपालु, सुस्मिता थापा, बाबु राना, सुर्यविक्रम केसी, बिरेन्द्र नेपाल, अभि महर्जन लगायतको  प्रतिभा नक्षेत्रको सिंगो टिम अहिले अहोरात्र खटिएको छ । बेलायतस्थित विभिन्न नेपाली संघसंस्था र समुदायबाट प्राप्त गरेको ऐक्यबद्धता, समर्थन र हौसलाबाट आफुहरु थप उत्साहित बनेको उनीहरु बताउंछन् ।  

 

प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा आइतबार सांझ ५ देखि ११ बजेसम्म हुने फाइनलमा सहभागी भएर प्रतियोगीहरुको हौसला बढाइदिन र मनोरञ्जन लिन आयोजकले बेलायतबासी सबै नेपालीहरुसमक्ष आग्रह गरेका छन् । 

 

फाइनलमा सहभागी हुन चाहने वयस्क दर्शकहरुको लागि १० पाउण्ड तथा ६ देखि १६ वर्षसम्मका लागि ५ पाउण्डको प्रवेश शुल्क लाग्नेछ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

  • 4 hours ago
दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

यसरी अर्बौँ सम्पत्तिको मालिक्नी बने यी बलिउड फ्लप अभिनेत्रीहरु

  • 5 hours ago
यसरी अर्बौँ सम्पत्तिको मालिक्नी बने यी बलिउड फ्लप अभिनेत्रीहरु

एजेन्सी । बलिउड उद्योग निकै ठूलो छ जहाँ जो–जो कलाकार आफ्नो भविष्य बनाउन छिर्छन् ती मध्ये केहीलेमात्र आफ्नो नाम सुनौले अक्षरले लेख्न सफल भएका छन् भने धेरैले संघर्ष गर्दागर्दै करियरलाई बीट मारेर बलिउडबा

डनसँगको अफेयरको हल्लाले बर्बाद भएको थियो यी अभिनेत्रीको बलिउड करिअर

  • 5 hours ago
डनसँगको अफेयरको हल्लाले बर्बाद भएको थियो यी अभिनेत्रीको बलिउड करिअर

एजेन्सी । भारतका महान फिल्म निर्देशक राज कपुरले मेरठमा जन्मिएकी यास्मिन जोसेफलाई मन्दाकिनी नामबाट फिल्म राम तेरी गंगा मैलीमा अवसर दिएका थिए । उक्त फिल्मपछि उनी रातारात हिट भएकी थिइन् । उनले उक्त फिल्म



पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण ११ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । कोरोनाका कारण करोडौँ मानिसहरु संक्रमित भएका छन् । यसको कहर झन् बढ्दो रहेको छ ।