पर्यटनमन्त्री आलेलाई बर्खास्त गर्न बिभिन्न संगठनको माग

काठमाडौँ। पर्यटन व्यवसायसँग सम्बन्धित संगठनहरुले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई बर्खास्त गर्न माग गरेका छन्। सोमबार संयुक्त वक्तव्य जारी गर्दै बिभिन्न संगठनहरुले मन्त्री आलेलाई बर्खास्त गर्न माग गरेका हुन्।
नेपाल पर्यटन व्यवसायी संघ, नेपाल पर्यटन व्यवसायी संगठन, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले सोमबार संयुक्त वक्तव्य जारी गर्दै असभ्य र अश्लील गालीगलौज गर्ने, कर्मचारीमाथि हातपात गर्ने गैरजिम्मेवार मन्त्री आलेलाई पदीय जिम्मेवारीबाट तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका हुन्।
पर्यटन व्यवसायी संघका अध्यक्ष दीपक महत, पर्यटन व्यवसायी संगठनका संयोजक नवराज दाहाल, राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष पूर्णबहादुर कुँवरद्वारा जारी विज्ञप्तिमा नैतिकताका आधारमा राजीनामा सुझाव दिँदै नभए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग गरेका छन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कांग्रेस उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना
- 7 seconds ago

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना भएको छ। गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा दुर्घटना भएको हो। सडक किनारबाट
स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु
- 1 hour ago

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।
चितवनका ५० हजार परिवार बाढीको जोखिममा
- 1 hour ago

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।