काठमाडौँ सोधेर प्लेन चढ्न एअरपोर्ट जानु पर्ने अवस्थाको अन्त भएको छः मन्त्री आले
- विमल विष्ट
- आइतबार, १२ आषाढ, २०७९
- 1 month ago
- पर्यटन

डोटी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कतिबजे आउछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानु पर्ने दिनको अन्त भएको बताएका छन्।
कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरीने टर्मीनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माण कार्यको शिलान्यास गर्नु हुँदै मन्त्री आलेले सुदूरपश्चिमका यात्रुहरुले प्लेन आउने नआउने विषयमा काठमाडौँबाट जानकारी लिनु पर्ने अवस्थाको अन्त भएको बताए। उनले भने, “जहाज सञ्चालन कम्पनीले जहाँबाट वेस लिएको छ, यहिबाट पहिलो उडान भर्नु पर्ने नियम लागु गराएको छु, अब धनगढीबाट पनि पहिलो उडान हुने छ, जहाज आउने नआउनेबारे काठमाडौँमा सोध्नु पर्ने छैन्।”
भोली असार १३ गतेबाट लागु हुने गरी आफ्नो बेस लिएका ठाउँबाट विमान सञ्चालक कम्पनीहरुले आफ्नो पहिलो उडान भर्नु पर्ने निर्णय लागु भएको जानकारी गराउनु हुँदै मन्त्री आलेले अब गेटा विमानस्थलबाट पनि पहिलो उडान हुने बताए। उनले थप भने, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि समस्या थियो, जहाज टासिएर पार्किङ गरिने हुँदा ठोकिएको खण्डमा ठूलो र्दुघटना हुन सक्ने भएकाले जहाज सञ्चालक कम्पनीले बेस लिएका ठाउँबाट पहिलो उडान भर्न र नाइट स्टपका लागि पनि त्यहि जान हामीले निर्णय गरेका छौँ, अब गेटा विमानस्थलमा पनि नाइट स्टपका लागि जहाज पार्किङ हुने छन्।”
सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले कैलालीको धनगढी स्थित गेटा विमानस्थलको स्तरोन्नती सहित क्षेत्रीय अन्तर्राष्ट्रि स्तरको बनाउनका लागि शुभारम्भ कार्य भएको जानकारी गराए। ती संरचना निर्माणका लागि आन्तरिक स्रोतबाट रु १ अर्ब बजेट विनियोजन भएकाले तोकिएको समयमै निर्माण कार्य सम्पन्न गर्न समेत निर्माण व्यवसायीलाई आग्रह गरे।
सुदूरपश्चिममा पर्यटन प्रबद्धन तथा यहाँको विकासका लागि भएपनि गेटा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन जरुरी भएको समेत मन्त्री आलेले बताए। उनले भने, “सुदूरपश्चिमका पर्यटकीय क्षेत्रमा पर्यटक भित्रयाउन र प्रचार प्रसारका लागि भएपनि यो विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउन जरुरी छ, आज शिलान्यास कार्यको शुभारम्भ भएको छ, चाडै नै यो विमानस्थलले पूर्णता पाउने छ।” नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अध्यक्ष समेत रहनु भएका मन्त्री आलेका अध्यक्षतामा बसेको बैठकले यस अघि गेटा विमानस्थल विस्तारका लागि रु १ अर्ब बजेट विनियोजन गरेको थियो।
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्नका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाउन उक्त बजेट विनियोजन गरिएको होे। गेटा विमानस्थलक्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि आवश्यक पर्ने २५८ विघा जग्गा अधिग्रहण तथा संरचना निर्माणको प्रक्रिया पनि सुरु भएको छ। मन्त्री आलेकै पहलमा यसवर्ष पनि उक्त विमानस्थलको जग्गा अधिग्रहण गर्नका लागि रु १ अर्व पाँच लाख बजेट विनियोजन भएको गेटा विमानस्थल स्थित नागरिक उड्डयन प्राधिकरणका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
केन्या भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा, ज्ञानेन्द्र मल्लको कमब्याक
- 42 minutes ago

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै केन्या भ्रमणको लागि १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने
- 2 hours ago

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)रोजगार तथा सीप मेला २०७९ कात्तिक १७ गतेदेखि गर्ने भएको छ। मंगलबार सीएनआईले पत्रकार सम्मेलन गर्दै उक्त मेला गर्न लागेको जानकारी दिएको हो। उक्त कार्यक्रम काठमाडौँस्
देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा
- 2 hours ago

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भट्टराई र यादवले मंगलबार देउवासँग बा
पर्यटन
‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।
जीवनशैली
दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”
विचित्र विश्व
रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।