जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

  • सोमबार, ६ फागुन, २०७५
  • 1 year ago
  • युके

 

ध्रुबराज अर्याल, लण्डन । बेलायतको रेडिंगमा स्थायी रुपमा बस्दै आएका छन् फिल्ममेकर प्रेम लामा । डेढ दशकअघि पहिलोपटक बेलायतमा नेपाली फिल्म बनाएका उनले त्यसयता थप ३ फिल्महरुको निर्माण गरिसकेका छन् । 

 

सन् १९९१ मा बेलायत आएका प्रेमलाई साहित्य, कलाप्रतिको रुची धेरै अघिदेखि नै थियो । तर पनि नेपालमै रहंदा आफ्नो रुचीअनुसार खासै केहि गर्ने मौका पाएका थिएनन् उनले । 

 

बेलायत आएपछि झन् वातावरण थप असहज बनेको थियो सुरुमा । तर पनि उनको लगाव र तिव्र ईच्छा निरन्तर थियो । जसको फलस्वरुप सन् २००३ मा प्रेमले बेलायतमै एक नेपाली फिल्म निर्माण गरे 'मेनिका' । जुन बेलायतमै निर्माण भएको सबैभन्दा पहिलो नेपाली फिल्म थियो । 

 

सन् २००९ मा दोस्रो फिल्मका रुपमा 'कसुर' निर्माण गरेका प्रेमले सन् २०१५ मा 'यु टर्न' बनाए । हालै निर्माण सम्पन्न भएको उनको चौथो तथा पछिल्लो चलचित्र 'एटीन' यहि फेब्रुअरीको २४ मा लण्डनमा प्रिमियर शो गर्ने तयारी छ । 

 

यी सबै फिल्महरुमा कथा लेखन, निर्देशन तथा निर्माण प्रेम आफैले गरेका छन् । यु टर्न मा शीर्ष भुमिकामै देखिएका उनले अरु चलचित्रहरुमा पनि साइड रोलमा अभिनय समेत गरेका छन् । 

 

 

 

हालसम्म आफ्नै निर्माण र निर्देशनमा बेलायतमै प्रेमले बनाएका चलचित्रको संख्या ४ पुगिसक्यो । हरेक फिल्मको लागि कम्तीमा ३५ देखि ४० हजार पाउण्डसम्म खर्च गरेका छन् उनले । यो हिसाबले अहिलेसम्म २ करोड रुपिया बढिको लगानी गरिसकेका उनले रिटर्न चाहिं कति पाए होला ? सुन्दा पत्यार नलाग्न सक्छ, तर अहिलेसम्म उनले फिल्ममा गरेको लगानीको १ पैसा सम्म उठेको छैन । 

 

प्रेमले विगतमा निर्माण गरेका फिल्महरुलाई केहि शो बेलायतका दर्शकहरुमाझ देखाएका थिए । तर ती शोहरुबाट उठेको केहि रकम हल, टिकट प्रिन्टिंग, प्रचारप्रसार आदिमै खर्च गर्न पुग नपुग भयो । 

 

तेस्रो फिल्म यु टर्नलाई नेपालका समेत विभिन्न हलहरुमा लगेर देखाउने कोशिस गरे प्रेमले । जसको प्रचार प्रसारकै लागि १० लाख रुपिया खर्च भएको थियो । नेपालका आधा दर्जन भन्दा बढि हलहरुमा फिल्म चल्यो तर उनले १ पैसा पाएनन् । 

 

नेपालमा फिल्महरुको वितरण र प्रदर्शन गराउने सिस्टम नै फितलो रहेका कारण आफु जस्ता निर्माताहरु मर्कामा परेको उनले बुझेका छन् । विगतको अनुभवबाट थप होशियार बन्दै चौथो फिल्म एटीनलाई पनि नेपाल लगेर प्रदर्शन गराउने योजना उनीसंग छ । 

 

'मैले फिल्मको लागि लगानी गर्नुअघि नै बुझेको हुन्छु यो पैसा उठ्दैन भनेर, त्यसैले यसलाई स्वीकार्न मलाई गार्हो हुंदैन ', प्रेम भन्छन्, 'मेलै देखेको छु अरुले बेलामौकामा होलिडे जाने,  विभिन्न मनोरञ्जनका लागि पैसा खर्च गर्ने गर्छन् । मैले त्यहि खर्च बचाएर फिल्मको लागि लगानी गर्ने गरेको छु ।' 

 

'१५ वर्ष अघि मैले करिब ५० लाख रुपिया खर्च गरेर फिल्म बनाउने बेला मेरो साथीले १५ लाख रुपियामा किनेको जग्गा अहिले करोडौं पर्ने भइसक्यो, तर त्यो देखेर मलाई दुख लाग्दैन' , प्रेमले सुनाए,  'आफ्नो फिल्ममार्फत प्रवाह गर्न खोजेको सन्देश सम्बन्धित दर्शकसम्म पुर्याउन सके मात्रै भने पनि मलाई सन्तुष्टी मिल्छ ।' 

 

प्रेमले अहिलेसम्म बनाएका सबै ४ वटै फिल्मको सबै लगानी उनी एक्लैले गरेका हुन् । बेलायतमा उनले सञ्चालन गर्दै आएको क्याफेबाट हुने आम्दानी नै उनको फिल्म निर्माणको लागि बजेट जुटाउने एक्लो आधार छ । 

 

प्रेमले निर्माण गर्ने हरेक चलचित्रको केन्द्रमा बेलायतमा बस्ने नेपालीहरु रहन्छन् । उनीहरुको भोगाइ, अवस्था र भावनाहरु नै उनका फिल्महरुले बोल्ने गरेका छन् । 'फिल्म निर्माण गर्नको लागि मेरो सबैभन्दा ठूलो प्रेरणाको स्रोत नै बेलायतबासी नेपालीहरु हुन् । फिल्ममार्फत उनीहरुको अवस्था देखाउने मात्र नभएर उनीहरुकै लागि केहि सन्देश दिने उद्धेश्य मेरो रहन्छ', प्रेमले भने । 

 

फिल्म निर्माणमा  आवश्यक पर्ने क्यामेरा, लेन्सहरु लगायतका विभिन्न इक्विपमेन्टहरु पनि उनी आफैले जुटाएका छन् । जसको लागि मात्रै करिब ४० हजार पाउण्ड उनले खर्च गरेका छन् । 

 

नेपाली फिल्मको लागि यति धेरै समय, शक्ति, र आर्थिक लगानी गरिसकेका प्रेम भविष्यप्रति भने निकै आशावादी छन् । उनले फिल्ममार्फत  दिन खोजेको सन्देश लक्षित दर्शकहरुले बिस्तारै बुझ्ने क्रम सुरु भएजस्तो उनलाई महसुस भएको छ । 

 

'हरेक नयाँ कुरा बुझ्न, बुझाउन तत्काल सम्भव हुंदैन, केहि निश्चित समय आवश्यक हुन्छ नै' , प्रेमलाई विश्वास छ, 'अवश्य त्यो दिन आउनेछ जब मैले फिल्ममार्फत व्यक्त गर्न खोजेकोे सन्देशलाई मेरा दर्शकहरुले बुझिदिनेछन् । त्यतिबेला मजस्ता निर्माताले फिल्ममा गरेको लगानी उठ्ने वातावरण समेत बन्नेछ ।' 

 

 

‘एटीन’ को रेड कार्पेट प्रिमियर 

 

प्रेम लामाकै निर्देशन तथा निर्माणमा बनेको चौंथो तथा पछिल्लो फिल्म हो एटीन । दुई साताअघि लण्डनमा एक कार्यक्रम गरी फिल्मको अफिसियल ट्रेलर र पोष्टर सार्वजनिक गरिएको थियो । 

 

प्रेमिस भिजनको ब्यानरमा निर्मित एटिनको रेड कार्पेट प्रिमियर  यहि फेब्रुअरी २४ मा ह्यारोस्थित सफारी सिनेमामा गराइंदैछ ।  सम्पुर्ण छायांकन बेलायतमै गरिएको यस फिल्ममा नेपालबाट बेलायत आएर ‘सेटल’ भएको पहिलो पुस्ता र बेलायतमै जन्मेर यतै हुर्किएको दोस्रो पुस्ताबीच ‘जेनेरेशन ग्याप’ र त्यसले उत्पन्न गराउने पारिवारिक द्धन्द्धलाई खोजिएको निर्देशक लामाले बताए ।

 

एटीनमा प्रसुना कंडेल, राजदिप राई, अम्बिका राई,सनम कुमार वैराग, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।  नेपाली समुदाय बाहिरका क्रिस एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनले पनि फिल्ममा अभिनय गरेका छन् । 

 

फिल्ममा संगीत चन्द्र कुमार डोङ र तारा प्रकाश लिम्बु, स्वर निर्मला घिसिङ र तारा प्रकाश लिम्बु, शब्द चन्द्र कुमार डोङ र अन्जु श्रेष्ठ, ब्याकग्राउण्ड साउण्ड डिजे एल.एक्स. पौडेल, सम्पादन किरण राज थापा तथा छायांकन कुशल श्रेष्ठ र अरोण अशोक कुमारको छ । 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

  • 38 minutes ago
आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । आज असोज ३ गते अर्थात् संविधान दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी छैटौं संविधान दिवस मनाइँदै छ ।

इराकको कमाइ बिर्साउने व्यवसाय

  • 50 minutes ago
इराकको कमाइ बिर्साउने व्यवसाय

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो ।

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 1 hour ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।