Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेपाल बीमा प्राधिकरणका भुक्तानी अब डिजिटल माध्यमबाट हुने

नेपाल बीमा प्राधिकरणका भुक्तानी अब डिजिटल माध्यमबाट हुने


काठमाडौँ। नेपाल बीमा प्राधिकरणले भुक्तानीसम्बन्धी कारोबार डिजिटल माध्यमबाट गर्न सक्ने व्यवस्था गरेको छ। बीमा प्राधिकरणले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार प्राधिकरणको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडी विभिन्न भुक्तानीहरु मध्ये तलब, भेण्डर भुक्तानी, लगानी, लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सकिने छ।

बीमाको क्षेत्रमा नयाँ आयाम थप्दै डिजिटल भुक्तानीको माध्यमको प्रयोगलाई थप प्रोत्साहन गर्न नेपाल बीमा प्राधिकरण र एनसीएचएलसँगको सहकार्यले थप टेवा पुग्ने विश्वास गरिएको छ।

नेपालमा बीमा व्यवसायलाई व्यवस्थित, नियमित, निरीक्षण र सुपरिवेक्षण गर्ने नियामक निकायको रुपमा रहेको नेपाल बीमा प्राधिकरणले सधैँ सेवाको प्रभावकारिता बढाउन डिजिटल माध्यमको प्रयोगलाई जोड दिंदै आएको कम्पनीले जनाएको छ।

यसअघि प्राधिकरणले प्रदान गर्ने बीमा एजेन्ट तथा सर्भेयरको लाइसेन्स नवीकरणको अनलाइन भुक्तानी एनसीएचएलको कनेक्ट आईपीएस प्रणाली मार्फत् हुने व्यवस्था गरेको थियो। आगामी दिनमा अन्य सेवाहरु पनि क्रमशः डिजिटाइज गर्दै लैजाने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मुक्तिनाथ विकास बैंकद्वारा कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत करिब १५० वटा कागतीका विरुवा

‘आईएमई पे’ बाट रेमिट्यान्स पठाउँदा ५०० रुपैयाँसम्म बोनस पाइने

काठमाडौँ । ‘आईएमई पे’ ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । मंगलबार तोलाको १ लाख २६ हजार ४००

अर्थतन्त्र संकटमा छैनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकलाई

सेयर बजारमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले

महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट

Techie IT