पनामाको राष्ट्रपतिमा कोर्टिजो निर्वाचित
- सोमबार, २३ बैशाख, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

पनामा सिटी । मध्य अमेरिकी राष्ट्र पनामाका पूर्वमन्त्री लरेन्टिनो कोर्टिजो राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
पनामाको निर्वाचन ट्रिब्यूनलले राष्ट्रपति पदका दुई उम्मेदवारबीच झिनो मतान्तर रहेकाले अन्तिम चुनावी परिणाम घोषणा गर्न बाँकी रहेको जनाएको छ ।
सोसल डेमोक्राट पार्टीका कोर्टिजोले संवाददाताहरुसँग कुरा गर्दै चुनावी परिणामबाट आफू निकै खुशी रहेको बताए । उनले मुलुकको विकासका लागि सबै पक्षको सकारात्मक सहयोग र एकता आवश्यक रहेको पनि बताए ।
चुनावी मतसर्वेक्षणमा पनि कोर्टिजोले नै राष्ट्रपति पदमा निर्वाचित हुने देखाएका थिए । कोर्टिजोका अर्का प्रमुख प्रत्याशीमा पूर्व विदेश मन्त्री एवं डेमोक्राटिक चेन्ज पार्टीका अध्यक्ष रोमुलो रोउक्स थिए । चुनावी मतगणनामा स्वतन्त्र प्रत्यासी रिकार्डो लोम्बानाले पनि निकै राम्रो मत पाएका थिए ।
चुनाव ट्रिब्यूनलका अनुसार करिब ९१ प्रतिशत मतगणना सकिँदा कोर्टिजोले ३३ प्रतिशत र रोउक्सले ३१ तथा लोम्बानाले २० प्रतिशत मत पाएका छन् । चुनावमा विजयीले राष्ट्रपति हुँवा कार्लोस भारेलालाई विस्थापन गर्नेछन् । पनामाको संविधानमा पाँच वर्षका लागि एक कार्यकाल मात्र राष्ट्रपति हुन पाइन्छ ।
६६ वर्षीय कोर्टिजो पूर्व कृषिमन्त्री हुन् । “निटो” उपनामले बोलाइने कोर्टिजोले पनामाको उद्धार गरी रुपान्तरण गर्ने दृढता व्यक्त गरेका छन् । भ्रष्टाचार, हत्याहिंसाजस्ता समस्याबाट पनामा वर्षौंदेखि आक्रान्त छ ।
राष्ट्रपतिको निर्वाचनसँगै जनताले ७१ जना संसद सदस्य, ८१ जना नगर प्रमुख तथा ७०० स्थानीय निकायका प्रतिनिधि छनौट गरेका छन् ।
सन् १९८९ मा संयुक्तराज्य अमेरिकाले सैनिक हस्तक्षेप गरी म्यानुएल नोरिएगालाई सत्ताच्यूत गरेपछि यो राष्ट्रपतिका लागि छैटौं निर्वाचन हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीतः कमल थापा
- 9 hours ago
काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीत भएको टिप्पणी गरेका छन्। बिहीबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता थापाले विवाह गरेको भोलिपल्
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
- 10 hours ago
काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। बोर्डको लागि केसीको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता भएको हो। केसीलाई गत साउन ९ ग
ओलीकै नेतृत्वमा एमालेको चुनाव परिचालन कमिटी
- 10 hours ago

काठमाडौँ। नेकपा एमालेले मंसिर ४ मा हुने चुनावको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।
विचित्र विश्व
श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।