पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने !

Global IME
Mega Bank
Norvic Hospital

काठमाडाैं । नौ महिनादेखि निरन्तर आकालो लागेको पेट्रालियम पदार्थको मूल्य अझ बढ्दै जाने सम्भावना छ । २०७४ असोज १६ गतेदेखि पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढी रहेको छ । त्यसबेला पेट्रोल प्रतिलिटर ९८ रुपियाँ थियो भने अहिले ११३ रुपियाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेल ७४ बाट ९५ पुगेको छ । मूल्य घट्नुभन्दा पनि बढ्ने सम्भावना रहेको नेपाल आयल निगमको दाबी छ ।

 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु तथा अमेरिकी डलरको सटही दर वृद्धि हुनु पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुने प्रमुख कारण हुन् । हाल अन्तर्राष्ट्रिय बजारमा भने कच्चा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल पेट्रोलियम मूल्य ८० डलरबाट घटेर ७५।२९ डलरमा झरेको छ तर दुई/चार दिन घट्नुले नेपाललाई खासै असर नगर्ने निगमका प्रवक्ता वीरेन्द्र गोइतले दाबी गर्नुभयो ।

 

नेपाललाई पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको इन्डियन आयल कर्पोरेसनले हरेक १५÷१५ दिनमा मूल्य समायोजना गर्दछ । १५ दिनमा अन्तर्राष्ट्रिय बजारको घटबढ हेरेर औसतमा नेपालका लागि मूल्य समायोजन हुने गरेको छ । त्यसले गर्दा केही दिनको मूल्य घट्नु नेपाली पेट्रोलियम बजारमा खासै असर गर्दैन ।

 

प्रवक्ता गोइतले भन्नुभयो, कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको छ यही मूल्य स्थिर रह्यो भने १५ दिनपछि प्रभाव देखिन्छ, घट्न सक्छ । उहाँका अनुसार नेपालले कच्चा तेल खरिद नगरी रिफाइन्ड तेल खरिद गर्दछ । जुन कच्चा तेलको मूल्य घट्नुले ठूलो प्रभाव नगर्न सक्छ । एक हप्ता घट्यो एक हप्ता बढ्यो भने त्यसको असर देखिँदैन १५ दिनको औसतमा उही हुन आउँछ ।

 

पेट्रालियम पदार्थको मूल्य निरन्तर वृद्धि हुँदा उपभोक्ता मर्कामा परेका छन् तर नेपाल आयल निगमले पनि घाटा बेहोरिरहेको छ । निरन्तर पेट्रोलिय पदार्थको मूल्यवृद्धि भइरहँदा पनि निगमले हरेक १५ दिनमा १८ करोड घाटा बेहोरिरहेको छ । घाटा पूर्ति कि मूल्य घट्यो भने हुनसक्छ । त्यो नहुँदा मूल्य अझ बढाउनुको विकल्प नहुने निगमले जनाएको छ तर मूल्य घट्ने र वृद्धि हुने क्रम चलिरहने गोइतले बताउनुभयो ।

 

कुनै बेला लामो समय मूल्य स्थिर रहे पनि २०५४ सालयताको तथ्याङ्क हेर्दा निरन्तर बढी रहेको छ । हालको मूल्यवृद्धि विगतलाई हेर्दा उच्च वृद्धि मान्न सकिन्न । २०७० चैत ३० गते मूल्य समायोजन हुँदा पेट्रोल प्रतिलिटर १४० रुपियाँ पुगेको थियो भने डिजेलको मूल्य १०९ रुपियाँ थियो । यो अहिलेसम्मकै उच्च मूल्य हो । त्यतिबेला ११३ बाट एकैचोटि १० रुपियाँ वृद्धि गरी १४० पु¥याइएको थियो । २०५४ जेठ अन्तिममा पेट्रोलको मूल्य ३९ रुपियाँ थियो । भारतीय आयल कर्पोेरेसनसँग हरेक ५÷५ वर्षमा नेपाल आयल निगमले सम्झौता गर्दै आएको छ । अाजकाे गोरखापत्रबाट ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जग्गाको वर्गीकरण छिटो होस्ः भूमि व्यवस्था मन्त्रालय

  • 23 minutes ago
जग्गाको वर्गीकरण छिटो होस्ः भूमि व्यवस्था मन्त्रालय

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

  • 40 minutes ago
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफ

टर्कीमा पुनः भूकम्पको धक्का महसुस

  • 45 minutes ago
टर्कीमा  पुनः भूकम्पको धक्का महसुस

एजेन्सी । टर्कीमा (फेब्रुअरी ७) पुनः भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीमा २४ घण्टामा चौथो पटक पराकम्पन गएको मिडिया रिपोर्टमा उल्लेख छ ।



पर्यटन

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

जीवनशैली

ध्यान गर्नुका फाइदाहरु

ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।

विचित्र विश्व

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।