प्रियंका गान्धीको लव स्टोरी
- मंगलबार, २८ पुष, २०७७
- 2 weeks ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । प्रियंका गान्धीको पुरा नाम प्रियंका गान्धी बद्रा हो । उनको जन्म सन् १०७२, १२ जनवरी, दिल्लीमा भएको थियो । उमेरले ४९ वर्ष लागेकी उनी पछिल्लो समय सक्रिय राजनीतिक जीवन बिताउँदै आइरहेकी छिन् ।
उनले बुद्धिस्ट धर्म मान्छिन् । उनले दिल्ली विश्वविद्यालयबाट साइकोलोजीमा विए गरेकी छिन् भने बुद्धिस्ट अध्ययनमा मास्टर्स गरेकी छिन् ।
पुर्व भारतीय प्रधानमन्त्री राजीव गान्धी तथा सोनिया गान्धीकी पुत्री प्रियंको विवाह रोवर्ट बद्रासँग १८ फ्रेवअरी १९९७ मा विवाह भएको थियो । उनीहरुको विवाह भइसकेको आज २४ वर्ष भइसकेको छ । उनीहरुबीचको लव स्टोरी निकै रोचक रहेको छ । रोबर्ट बाड्रालाई जब प्रियंकाले पहिलो पटक भेटिन् तब उनी १३ वर्षकी मात्र थिइन् ।
त्यसपछि उनीहरुबीच मित्रता भएको थियो । उक्त मित्रतापछि प्रेममा परिणत भएको थियो । व्यापरसँग मात्र सम्बन्धित रहेको बाड्रा परिवारको राजनीतिसँग कुनै संलग्नता रहेको थिएन ।
रोबर्ट बाड्राको जन्म १८ अप्रील १९६९ मा उत्तर प्रदेशको मुरादाबादमा भएको थियो । उनको परिवरा पित्तल व्यवसाय गर्दै आइरहेका थिए । रिपोर्टका अनुसार प्रियंका र रोबर्टले एउटै स्कुलबाट अध्ययन गरेका हुन् ।
सोही कारण पनि उनीहरुबीचको मित्रता बन्न गएको थियो । रोबर्टले प्राय प्रियंकालाई ज्वेलरीहरु गिफ्ट दिने गर्थे । पछि राहुल गान्धी पनि उनको मित्र बन्न पुगे । पछि उनीहरुबीचको प्रेम सम्बन्धलाई लिएर विभिन्न टिकाटिप्पणी पनि भएका थिए ।
तर, उनीहरुले यसबारे भने कुनै चर्चा गरेनन् । विवाह गरेर नै उनीहरूले जबाफ दिए ।
उनका दुई सन्तान रहेका छन् ।
उनका पति व्यापारी हुन् । उनी योगा, ध्यान गर्न रुचाउँछिन् । उनको कुल सम्पत्ति ४५० करोड भारु रहेको मिडिया रिपोर्टमा उल्लेख छ । श्रीमान र उनको कुल सम्पत्ति जोड्ने हो भने २.१ बिलियन डलर रहेको छ । उनीहरुको सिम्ला आलिशान बंगला रहेको छ ।
उनले आफ्नो पहिलो राजनीतिक भाषण १६ वर्षको हुँदा दिएकी थिइन् । उनलाई फोटोग्राफीको पनि रुची छ ।
उनको राजनीतिक भुमिका प्रष्ट नभएको अरोप लाग्दै आइरहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
रहेनन् बेलायतको नेपाली समाजका अगुवा तथा बुद्धिजिवी डा. चन्द्र लक्सम्बा
- 1 hour ago

लन्डन । बेलायतको नेपाली समाजका अगुवा तथा पूर्व गोर्खा अभियन्ता डा. चन्द्र लक्सम्बाको निधन भएको छ । डा. लक्सम्बालाई कोरोनाको लक्षण देखिएपछि फ्रिम्ली पार्क अस्पताल बेलायतमा भर्ना गरिएको थियो । उनको उपच
'प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन'
- 2 hours ago

काठमाडौँ । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका लागि अग्रसर भइसकेको बताएका छन् । “निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन्छ”, नेपाल प्रेस सङ्गठन रुपन्
भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ: उपप्रधानमन्त्री पोखरेल
- 2 hours ago

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारबाट लगाउन शुरु गरिने बताएका छन् । राजविराज रङ्गशालामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत कार्यकर्ता भ
पर्यटन
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।
जीवनशैली
खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।