अभिनेत्री प्रियंका कार्कीबारे अनौठा कुराहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् प्रियंका कार्की । उनको जन्म सन् १९८७, फ्रेबुअरी २७ काठमाडौँमा भएको थियो । उनको मातापितको नाम भुपेन्द्र र रक्षा कार्की हो ।

 

उनी मोडल, अभिनेत्री, भिजे, डान्सर, कोरियाग्राफर र गायिका पनि हुन् । उनले स्कुले शिक्षा रातो बंगला स्कुलबाट लिएकी हुन् । उनले आफ्नो उच्च अध्ययन युनिभर्सिटी आफ नर्थ अलाबामाबाट पुरा गरिन् ।

 

उनले फिल्म मेकिङमा व्याचलर गरेकी छिन् । उनको केही समय अगाडि आयुष्मान देशराजसँग इन्गेजमेन्ट गरेकी थिइन् । उनको डेब्यु फिल्म ३ लबर हो । उनका हिट फिल्महरु नाइ नभन्नु ल २, झोले, लुटेरा, हाउ फन्नी, चक्का पन्जा, लिली बिली, शत्रु गते । 

 

प्रियंका कार्कीले उनकै छिमेकी रोचक मैनालीसँग विवाह गरेकी थिइन् । मास्टर्स डिग्री अध्ययनका लागि अमेरिकामा रहेका बखत उनीहरुबीच प्रेम सम्बन्ध भएको थियो । त्यसपछि उनीहरुको विवाह भएको थियो । विवाह भएको दुई वर्षमा नै उनीहरुको डिभोर्स भएको थियो । 

 

बेलाबेलामा विवादित टिप्पणीका कारण उनी विवादमा आउने गर्छिन् । तर, उनले नेपाली फिल्म क्षेत्रमा बनाएको स्टारडमलाई भने कसैले नर्कान सक्दैन । 

 


थप समाचार

काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

  • 1 hour ago
काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

काठमाडौँ । काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला परेका छन् । काठमाडौँ उपत्यकामा भने कुल १३४ संक्रमित थपिएका छन् ।

नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 1 hour ago
नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

  • 2 hours ago
भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

एजेन्सी । भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको बताइएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।