लीलाध्वज साहित्य सम्मान प्रा. डा. शर्मालाई

Global IME
Norvic Hospital

काठमाडौँ ।  लीलाध्वज थापा साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यकार प्रा डा तारानाथ शर्मालाई शुक्रबार ‘लीलाध्वज साहित्य सम्मान’ प्रदान गरेको छ । 

 

सम्मानका साथ रु २५ हजार र ताम्रपत्र छ । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा लीलाध्वजका सुपुत्र साहित्यकार विजयध्वज थापाले प्रा डा शर्मालाई दोसल्ला ओढाएर नगद हस्तान्तरण गरे  । 

 

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहप्राध्यापक लेखराज निरौलाले प्रा डा शर्माले छ दशकदेखि नेपाली भाषासाहित्यका क्षेत्रमा क्रियाशील रही विशेषतः समालोचना, निबन्ध र नियात्रा लेखनमा कलम चलाएर नेपाली वाङ्मयको गरिमा अभिवृद्धिका लागि काम गरेको जानकारी दिए । 

 

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विजयध्वजको लेखन तथा संकलन ‘स्वाभिमानका प्रतीक लीलाध्वज थापा’ विमोचन गरियो । 

 

उक्त पुस्तकको समीक्षा गर्दै डा शैलेन्दुप्रकाश नेपालले विजयले आफ्ना पिताका बारेमा पुस्तक प्रकाशन गरेर ठूलो गुन तिरेको बताए । प्रा डा शर्माले लीलाध्वज देशभक्त र नारीको हकहित पक्षधर भएको बताए । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सत्ता गठबन्धनको बैठक बस्दै

  • 24 seconds ago
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक

आज चैते दशैँ पर्व मनाइँदै

  • 59 minutes ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • 1 hour ago
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।