विश्वकै सबैभन्दा ठुला समस्याहरु के के होलान् ?
- बुधबार, ६ चैत, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । विश्वमा आज अनेकौँ समस्याहरु रहेका छन् । केही यस्ता समस्याहरु छन् जसले विश्वलाई आज पनि उत्तिकै आक्रान्त पार्ने काम गरेकोछ ।
२१ औ शताब्दीमा युवाहरुको संख्या ठुलो रहेको छ । ७० प्रतिशत यस शताब्दीका युवाहरु धेरैभन्दा धेरै सम्भावनाहरु देख्ने गरेको अध्ययनले देखाएको छ । १८ वर्षदेखि ३५ वर्षसम्मका युवायुवतीहरु विश्वमा रहेका समस्याहरुबारे ध्यानाकर्षण रहेको छ । उनीहरु ती समस्याहरुसँग लड्न तयार रहेको बताउँछन् ।
५० प्रतिशत यस शताव्दीका युवाहरुले देशको निर्णयमा योगदान गर्न सक्ने अध्ययनले देखाएको छ ।
यो निष्कर्ष वल्र्ड इकोनोमकि फोरमको वार्षिक प्रतिवेदन ग्लोबल सेपर्स सर्वेले सार्वजनिक गरेको हो ।
यो सर्वे १८१ देशका २६ हजार युवाहरुमा गरिएको थियो ।
एक सर्वेमा डब्लुइएफले उत्तरदाताहरुलाई विश्वमा रहेका तीन मुख्य गम्भीर समस्या भन्न आग्रह गरेको थियो । दोस्रो वर्ष पनि लगातार ठुलो संख्यामा युवाहरुले जलबायु परिवर्तन, ठुलो संख्यामा भइरहेको युद्ध तथा धार्मिक द्वन्द्वहरु भएको बताएका थिए ।
२१ औ शताव्दीका युवायुवतीहरुका लागि विश्वकै सबैभन्दा ठुला १० समस्याहरु यस्ता रहेका छन् ।
१०. आर्थिक अवसरको कमी र बेरोजगारी (१४.२ प्रतिशत)
सव–सहारियन अफ्रिकाका २२ प्रतिशत युवाहरुलाई लाग्छ उनीहरु आर्थिक अवसर र बेरोजगारी समस्याबाट जुधिरहेका छन् । युरोएसियनको अध्ययनमा भने ८.३ प्रतिशत रहेको छ ।
९. खाना र खानेपानी सुरक्षा (१५.१ प्रतिशत)
उत्तर अमेरिकाका युवाहरु (२७.३) का अनुसार विश्वभर खानेपानी र खानाको चरम अभाव रहेको छ, भने युरोपका २१.५ प्रतिशत र लेटिन अमेरिका र सब–साहरन अफ्रिकाका ११ प्रतिशतलाई यो समस्याप्रति बढी चिन्तित देखिन्छन् ।
८. राजनीतिक स्वतन्त्रताको अभाव र राजनीतिक अस्थिरता (१५.५)
पुर्व एसिया तथा प्यासिफिकका १९ प्रतिशत युवाहरु राजनीतिक स्वतन्त्रता र अस्थिरता विश्वका प्रमुख समस्या भएको बताउँछन् । युरोएसियाका १८.९ प्रतिशतलाई यो समस्या चरम अवस्थामा रहेको बताउँछन् ।
७. शिक्षाको अभाव (१६.५)
उत्तर अमेरिकाका २१.८ प्रतिशत युवाहरु शिक्षाको अभाव विश्वभर रहेकोमा गम्भिर रहेका छन् । यसै विषयलाई युरोप तथा युरोएसियाका १९.७ प्रतिशत युवाहरुले गम्भिर रुपमा लिएका छन् ।
सब–साहरान अफ्रिका ७ प्रतिशत युवाहरु यो समस्याप्रति गम्भिर रहेका छन् ।
६. सावधानी, सुरक्षा, राम्रो अवस्था
सब साहरान अफ्रिकाका २४ प्रतिशत युवाहरु, मिडलइस्ट तथा उत्तर अफ्रिकाका २३.४ प्रतिशत यो समस्याप्रति चासो देखाएका छन् । त्यस्तै लेटिन अमेरिका र क्यारेबियनका १२.८ प्रतिशत युवाहरु यो समस्याप्रति चासो देखाएका छन् ।
५. सरकारी जिम्मेवारी र पारदर्शिता र भ्रष्टाचार
सव साहारन अफ्रिकाका ३२ प्रतिशत युवाहरुले विश्वकै सबैभन्दा ठुलो समस्याका रुपमा यो समस्याप्रति चासो देखाएका छन् । त्यस्तै लेटिन अमेरिका र क्यारेबियनका २७ प्रतिशत र मिडल इस्टका २३.६ प्रतिशत युवाहरुले यो समस्याप्रति चासो देखाएका छन् ।
४. गरिबी (३१.१ प्रतिशत)
लेटिन अमेरिका र क्यारेबियनका गरिबी (४०.४प्रतिशत),साथै उत्तर अमेरिका (३३.९ प्रतिशत) र सब साहरन अफ्रिका (३३.६ प्रतिशत) युवाहरुले विश्वकै ठुलो समस्याका रुपमा यो समस्यालाई लिएका छन् ।
३. धार्मिक द्वन्द्व (३३.८)
विश्वका धेरै युवाहरु धार्मिक द्वन्द्वप्रति ठुलो समस्या भएको बताउँछन् । मिडल इस्ट–उत्तर अफ्रिका (४५.१), दक्षिण एसिया (४४.१), यरोएसिया (४१.८) र युरोप (३८.८) यस्तो तथ्याङ्कमा देखिएको छ ।
२. ठुलो संख्यामा द्वन्द्व र युद्ध
वल्र्ड इकोनोमी फोरमको सर्वे अनुसार युरोएसियाका (५४.३), मिडल इस्ट–नर्थ अमेरिका (५०.३) युवाहरुले विश्वको प्रमुख समस्याका रुपमा यो समस्याप्रति चासो देखाएका छन् ।
१. जलवायु परिवर्तन र प्राकृतिक स्रोतको विनास (४५.२)
लेटिन अमेरिका तथा क्यारेबियन (५१.८) तथा दक्षिण एसियाका (४९.३) यवाहरुले यो समस्यालाई सबैभन्दा ठुलो समस्याका रुपमा चासो देखाएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
एक हप्ता नबित्दै वामदेव गौतम पार्टीबाट निष्कासित
- 6 hours ago

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित भएका छन् । असार १४ गते मंगलबार घोषणा भएको पार्टीमा आबद्ध चार दलले पार्टी संयोज
बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छः मन्त्री भुसाल
- 9 hours ago

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएकी छन् । ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालमा जलविद्युत्को
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने
- 9 hours ago

एजेन्सी । सर्वोच्च अदालतको आदेशपछि न्यूयोर्क राज्य सरकारले धेरै सार्वजनिक स्थानमा बन्दुक बोक्न नपाउने नियम लागू गरेको छ ।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।