कति छ फेसबुकका मालिक मार्क जुगरबर्गको सम्पत्ति ?

एजेन्सी । अमेरिकन अर्वपति मार्क जुगेर्बगको नेटवर्थ करिब ६४.२ बिलियन पाउण्ड रहेको छ । फेसबुक आएपछि उनको विश्वभर चर्चा चुलिएको थियो । फेसबुककै कारण उनले अर्वौ सम्पत्ति जोडिरहेका छन् । आउनुहोस् हेरौ कस्ता महँगा सम्पत्तिहरुको उनी मालिक हुन् ।

 

१०. पालो अल्टो होम

५ हजार स्क्वायर फिटमा फैलिएको उक्त घर बगैचाले घरिएको छ । यो घर अत्याधुनिक तवरले निर्माण गरिएको हो । सुरक्षाका कारणले पनि उनले यस घरमा ठुलो लगानी गरेको बताइन्छ । 

उनले पछिल्लो पटक यस्तै चारवटा घर किनेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

९. प्राइभेट जेट

उनी बिजनेश ट्रिपका लागि प्राइभेट जेटको प्रयोग गर्छन् । यसको खर्च सबै उनको कम्पनीले व्यहोर्ने गर्छ । उनीसँगै उनको परिवार र सुरक्षागार्डहरु प्राइभेटमा हुने गर्छन् । 

व्यक्तिगत फ्लाइटको लागि भने मार्कले आफै खर्च व्यहोर्ने गर्छन् । 

 

८. एकुरा टिएसएक्स

यो अत्याधुनिक तरिकाले निर्माण गरिएको कारमा ५ वटा अटोमेटिक ट्रान्स मिसन रहेका छन् । २.४ लिटर इन–लाइन र ४ वटा सिलिण्डर इन्जिन यसमा रहेको छ । यो कारको अत्याधिक स्पिड १३७ एमपिच रहेको छ । यो कार आफुसँग भएकोमा आफुलाई गौरवान्दित महसुस गर्छन् । 

 

७. ब्ल्याक मोडिफाइड २०१४ भोल्क्सवागेन एमके६ जिटिआइ

यो कारमा म्यानुअल ट्रान्समिसन रहेको छ । यो कारको अत्याधिक स्पिड २३८ किलोमिटर प्रतिघण्टा रहेको छ । यो कारको मुल्य करिब ३० हजार डलर रहेको छ । 

 

६. पगानी हुआरा

मिडिया रिपोर्टका अनुसार मार्कले अमेरिकामा पगानी हुआरा कार किन्ने  पहिलो व्यक्ति हुन् । यो कारको हर्सपावर ७३० किलोमिटर रहेको छ । यसको टप स्पिड २३१ माइल प्रतिघण्टा रहेको छ । यो कारको मुल्य १.३ मिलियन डलर रहेको छ । 

 

५. होण्डा फिट

मार्कले चढ्ने साधरण कारमा यो कार पर्छ । सन् २०१५ मा उनले यो कार किनेका थिए । उनले यस कारलाई १३०८५ पाउण्डमा खरिद गरेका थिए । यो कारको हर्सपावर ११७ रहेको छ । यो कारको टपस्पिड ११८ माइल प्रतिघण्टा रहेको छ ।

 

४. स्यानफ्रान्सिस्को हाउस

७९८ स्क्वायर फिटमा फैलिएको यो घरमा १० मिलियन अमेरिकी डलरमा किनेका हुन् । मिडिया रिपोर्टका अनुसार उक्त घर पुन निर्माण गर्ने तयारीमा उनीहरु रहेका छन् । उनको घरको मुल्य हाल १.६ अमेरिकी डलरले वृदिद्ध भएको बताइन्छ । 

 

३. हवाइ रिट्रिट

७०० एकड जमिनमा फैलिएको यस सम्पत्तिको मुल्य १०० मिलियन डलर पर्छ । यो सम्पत्तिमा स्थानिय मानिसहरु र मार्कबीच मुद्धा मामिला पनि चलेको खबर बाहिर आएको थियो । 

 

२.वन५७ पेन्टहाउस

 

मार्कले यो घर किन्न ९० मिलियन डलर खर्च गरेका छन् । यो उक्त शहरको सबैभन्दा महँगो रकममा किनिएको सम्पत्ति हो । उनको यो घर १० हजार ९२३ स्क्वायर फिटमा फैलिएको छ । 

१. फेसबुक

फेसबुकको मार्केट प्राइस ४०० बिलियन अमेरिकी डलर रहेको छ । यस सोसियल मिडिया नेटवर्कले विश्वभर आफ्नो सञ्जाल फैलाएको छ । सन् २००४ मा मार्क र उनका चार जना साथीहरु मिलेर खोलेको यस कम्पनीले सानो समयमा नै ठुलो प्रगति गर्न सफल भएको थियो । 

पेपलका कोफाउण्डर पिटरले यसमा लगानी गरेपछि यसले विश्वभर आफ्नो नेटवर्क बनाएको हो । 

 

सन् २०१६ मा यसको विज्ञापनबाट मात्रै रेभेन्यु १०.२१७ बिलियन रहेको थियो ।    

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हुम्लामा धमाधम पठनपाठन हुँदै

  • 6 minutes ago
हुम्लामा धमाधम पठनपाठन हुँदै

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले आजदेखि विद्यालयमा पठनपाठन शुरु गरेको छ । झण्डै सात महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा प्रभाव परेकाले अभिभावकको दबाबपछि पठनपाठन शुरु गरिएको ह

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

  • 29 minutes ago
दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिक

कैदीबन्दी र सुरक्षाकर्मीको स्वाब सङ्कलन

  • 38 minutes ago
कैदीबन्दी र सुरक्षाकर्मीको स्वाब सङ्कलन

डोटी । जिल्ला कारागार डोटीमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीको स्वाब सङ्कलन गरिएको छ । पछिल्लो समय कारागारमा विभिन्न मुद्दाका व्यक्तिहरु पुर्पक्षका लागि राखिएका कारण कारागारमा रहेका सबै कैदीबन्दीको क



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।