समानुपातिकतर्फ एकीकृत समाजवादीले ल्यायो २.९ प्रतिशत मत
- बुधबार, १४ मंसिर, २०७९
- 1 month ago
- राजनीति
काठमाडौँ। प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख २० हजार ६९२ मत ल्याएको छ। निर्वाचन आयोगको अनुसार १ लाख ७१ हजार ३६३ मत गणना गर्दा एमालेले २७.३ प्रतिशत मत ल्याएको हो।
समानुपातिकको दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ८५ हजार १११ मत पाएको छ। कांग्रेसले २६ प्रतिशत मत पाएको छ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ११ लाख ५३ हजार ४५७ मत ल्याएको छ। माओवादीको मत ११.५८ प्रतिशत रहेको छ।
नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार २४५ मत (११.१प्रतिशत) ल्याएर चौंथो स्थान कायम गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७९ हजार २७८ (५.८ प्रतिशत) मत पाएको छ।
जनता समाजवादी पार्टीले ४ लाख ८ हजार ९६४ (४.१ प्रतिशत), जनमत पार्टीले ३ लाख ७६ हजार हजार १९९ (३.८ प्रतिशत) मत पाएका छन्।
नेकपा एकिकृत समाजवादी पार्टी पनि राष्ट्रिय दल बन्नतिर अग्रसर रहेको छ। प्रत्यक्षतर्फ १० सिट जितेको सो पार्टी समाुनपातिकतर्फ ३ प्रतिशत नजिक रहेको छ। सो पार्टीले हालसम्म २ लाख ९० हजार १९६ मत अर्थात् २.९ प्रतिशत मत पाएको छ।
नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ४३७, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले १ लाख ४९ हजार ८३२ मत ल्याएको छ। समानुपातिकतर्फको मत गणना जारी रहेको छ। हालसम्म एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, लोसपाले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेका छैनन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 11 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 11 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।