इरानमा इन्धनको मूल्यवृद्धिको विरोध

तेहरान । इरान सरकारले पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणा गरेको विरोधमा शनिबार भएको विरोध प्रदर्शनका क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने केही अरु घाइते भएका छन् । अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दीका साथै तेल निर्यातमा प्रतिबन्ध लगाएपछि इरानी अर्थव्यवस्था संकटमा छ । 

 

इरानी शहर सिरजानमा भेला भएका प्रदर्शनकारीले एउटा पेट्रोल डिपोमा आगलागीको प्रयास गरेपछि हिंसा भड्किएको थियो । यसक्रममा प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको इरानी समाचार संस्था इस्नाले जनाएको छ ।

 

इरान सरकारले हरेक महिना पहिलो ६० लिटरसम्म पेट्रोल खरिद गरेमा ५० प्रतिशत र सोभन्दा माथि जतिसुकै पेट्रोल खरिद गरेमा ३०० प्रतिशत मूल्यवृद्धि गर्ने घोषणा गरेको छ । 

 

सिरजानका कार्यवाहक गभर्नर मोहम्मद महमौदाबादीले प्रदर्शनका क्रममा एक व्यक्तिको दुःखद निधन भएको बताउँदै सुरक्षाकर्मीलाई प्रदर्शनकारीमाथि गोली नचलाउन बरु सतर्क अवस्थामा मात्र रहन आदेश दिइएको जानकारी दिए । 

 

उनले स्थानीय मानिसहरु मूल्यवृद्धिका विषयमा शान्तपूर्वक छलफल गरिरहेको अवस्थामा कुनै तत्वले मानिसलाई उक्साएको पनि दाबी गरे । 

 

तर, सिरजान बाहेक देशका अन्य भूभागमा पनि प्रदर्शनहरु भएको इरानी सरकारी समाचार संस्था इर्नाले जनाएको छ । यी प्रदर्शनहरु मुख्यतः अब्दान, अहवाज, बन्दार अब्बास, बिरजान्ड, गाचसारान, माशाद र शिराजमा भएका थिए ।

 

इर्नाका अनुसार यी प्रदर्शनका कारण शुक्रबार सवारी आवागमनमा सामान्य असर परेको र मध्यरातबाट शान्त भइसकेको छ ।

 

इरानी राष्ट्रपति हसन रौहानीले शनिबार झण्डै ७५ प्रतिशत इरानी जनता आर्थिक दबाबमा रहेको जनाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट संकलन हुने रकम जनतालाई नै बितरण गरिने जानकारी दिए । उनले यो रकम सरकारी कोषमा संग्रह नगरिने स्पष्ट गरे । 

 

रौहानीले गत वर्ष डिसेम्बरमा नै पेट्रोलमा मूल्यवृद्धि गर्ने प्रयास गरेका थिए तर सर्वसाधारणको विरोधका कारण संसदले यो प्रस्तावलाई अस्वीकृत गरेको थियो । 

 

इरानमा यो मूल्यवृद्धि निकै संवेदनशील अवस्थामा घोषणा गरिएको छ किनभने आगामी फेब्रुअरीमा इरानमा संसदीय निर्वाचन पनि हुँदैछ । 

 

इरानमा पेट्रोलको मूल्यवृद्धि राष्ट्रपति, सभामुख र न्यायपालिकाका प्रमुख सम्मिलित आर्थिक समन्वय सम्बन्धी उच्च परिषदले स्वीकृत गरेको हो । 


थप समाचार

बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

  • 3 hours ago
बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेकोे प्रचार तथ्यहीन रहेको भनी आपत्ति जना

नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

  • 3 hours ago
नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । अंगरक्षक नै कोरोना संक्रमित भएपछि पौडेल आजदेखि आइसोलेसनमा बसेका छन्

नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

  • 3 hours ago
नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

काठमाडौं । सिंहदरवारमा पत्रकार सम्मेलन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।