आप्रवासी बालबालिकाको डिएनए परीक्षण गरिने

Global IME
Norvic Hospital

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिका र मेक्सिकोको सीमा इलाकाबाट छुट्टिएका आप्रवासीका बालबालिका र आमाबाबुको डिएनए परीक्षण गर्ने भएको छ । 

 

स्वास्थ्य र मानव सेवा एजेन्सी (एचएचएस)ले बिहीबार सो जानकारी दिएको छ । जन्मदर्ता र अन्य विभिन्न प्रमाणको तुलनामा डिएनए परीक्षण बढी भरपर्दो हुने सो विभागले बताएको छ । 

 

पाँच वर्षभन्दा कम उमेरका बालबालिका र उनीहरुका आमाबाबुले यही जुलाई १० बाट डिएनए परीक्षण गराउन सक्ने बताइएको छ । 

 

त्यसैगरी जुलाई २६ बाट अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा छुट्टिएका सबै बालबालिका र उनका आमाबाबुको डिएनएन परीक्षण गर्नसक्ने जानकारी गत महिना सान डियागोमा आयोजित एक कार्यक्रममा अमेरिकी न्यायाधीश डिना सबरौँले बताएका थिए । 

 

डिएनए परीक्षण नगरी बालबालिकालाई उनीहरुका आमाबुबा भनेर सुम्पिन नसकिने एचएचएसका अधिकारीले जानकारी दिएका छन् । 

 

कागजी प्रमाण पेस गरेर आमाबाबु हौँ भनेर गरिने दाबीकै आधारमा बालबालिका जो कोहीलाई सुम्पिन नसकिने उनीहरुको दाबी रहेको छ । 

 

एचएचएसका अध्यक्ष एलेक्स आजारले डिएनए परीक्षण गर्नुपर्ने बालबालिका र उनका परिवारको यकिन सङ्ख्या भने दिएको छैन । 

 

तर पनि यो सङ्ख्या तीन हजारभन्दा कम नै भएको उहाँले बताउनुभएको छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

  • 4 minutes ago
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक छन्, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले पहिचान स्था

घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

  • 24 minutes ago
घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

बागलुङ। ‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत फागुन १९ गतेदेखि २२ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक

चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग

  • 27 minutes ago
चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग

काठमाडौँ। स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु। एक लाख सहयोग गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल उनीहरु रहेको ललितपुर



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।