'पोन्नियिन सेल्वन'का लागि कुन कलाकारको पारिश्रमिक कति ?

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । पछिल्लो दिनहरुमा बक्स अफिसमा साउथ सिनेमाको दबदबा छ । निर्माताले पनि एकपछि अर्को उत्कृष्ट फिल्म ल्याइरहेका छन् । दक्षिण भारतीय सिनेमालाई धेरै सुपरहिट फिल्म दिएका निर्देशक मणिरत्नम यतिबेला आफ्नो आगामी फिल्म ‘पोन्नियिन सेल्वन’ (पिएस १) लाई लिएर चर्चामा छन् । यो चलचित्र सेप्टेम्बर ३० देखि हलमा लागेको छ ।

 

यो मल्टिस्टार फिल्म हो, जसमा चियान विक्रम, ऐश्वर्या राय, त्रिशा, जयम रवि, कार्थी जस्ता कलाकारहरु एकसाथ देखिएका छन् । यो फिल्म निर्माण गर्न ठूलो बजेट लागेको छ । यतिमात्र नभई फिल्मका कलाकारहरुले पनि मोटो पारिश्रमिक लिएका छन् । यसै सन्दर्भमा फिल्मका स्टारकास्टले कति पारिश्रमिक लिएका छन् भन्नेबारे जानकारी लिऔँ ।

 

ऐश्वर्या राय

 

ऐश्वर्या राय लामो समयपछि फिल्म पोन्नियिन सेल्वनबाट पर्दामा कमब्याक गर्दैछिन् । जानकारी अनुसार ऐश्वर्याले ‘पीएस१’ को लागि करिब १० करोड भारु पारिश्रमिक लिएकी छिन् ।

 

प्रकाश राज

 

दिग्गज अभिनेता प्रकाश राज सिनेमाका अनुभवी कलाकार हुन् । उनले बलिउडदेखि साउथ सिनेमामा पनि आफ्नो पहिचान बनाएका छन् । उनले पीएस १ मा सुन्दर चोलाको भूमिका खेल्न करिब १ करोड रुपैयाँ लिएका छन् ।

 

शोभिता धूलिपाला

 

दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री शोभिता धुलिपाला फिल्ममा राजकुमारी कुन्दवईको भूमिका निर्वाह गर्दैछिन् । पारिश्रमिकको कुरा गर्दा अभिनेत्री शोभिताले यो फिल्मका लागि २.५ करोड पारिश्रमिक लिएको जानकारी छ ।

 

ऐश्वर्या लक्ष्मी

 

अभिनेत्री ऐश्वर्या लक्ष्मी फिल्ममा पुन्गुझालीको भूमिकामा देखिनेछिन् । जानकारीका अनुसार उनले यो फिल्मका लागि १.५ करोड लिएकी छन् ।

 

जयम रवि

 

अभिनेता जयम रवि पनि साउथ सिनेमामा सशक्त भूमिका निभाउनका लागि परिचित छन् । फिल्ममा उनी महत्वपूर्ण भूमिकामा देखिने भएका छन् तर उनको भूमिकाको बारेमा भने जानकारी आएको छैन । हाल उनले यो फिल्मका लागि ८ करोड भारु लिएको जानकारी छ ।

 

चियान विक्रम

 

साउथका कयौं सुपरहिट फिल्ममा आफ्नो क्षमता प्रमाणित गरिसकेका चियान विक्रमले यस फिल्मका लागि सबैभन्दा धेरै पारिश्रमिक लिएका छन् । यस फिल्ममा उनले करिकालनको भूमिका निर्वाह गर्न करिब १२ करोड रुपैयाँ पारिश्रमिक लिएका छन् ।

 

कार्थी

 

फिल्ममा अभिनेता कार्थीको प्रवेश निकै विशेष छ । यो फिल्ममा उनी वल्वर रायन विन्दियादेवनको भूमिकामा देखिनेछन् । यसका लागि अभिनेता कार्तीले करिब ५ करोड रुपैयाँ लिएका छन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सन् २०२२ मा यी बलिउड फिल्महरू असफल साबित भए

  • 12 minutes ago
सन् २०२२ मा यी बलिउड फिल्महरू असफल साबित भए

एजेन्सी । सन् २०२२ लाई बिदाइ गर्ने समय आएको छ । बलिउडको हिसाबले २०२२ संघर्षपूर्ण वर्ष रह्यो । जहाँ दिग्गज स्टारका फिल्मले समेत बक्स अफिसमा निकै नराम्रो घाटा सहनु पर्यो । कमजोर कथा, पुरानै ढाँचा, कमजोर

लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमालेको माग

  • 59 minutes ago
लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमालेको माग

बुटवल । नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलबाट सार्ने निर्णय तत्काल रोक्न माग गरेको छ ।

'राजमार्गमा १२ गुणस्तरीय रेस्ट एरिया बनाउदैछौँ'

  • 1 hour ago
'राजमार्गमा १२ गुणस्तरीय रेस्ट एरिया बनाउदैछौँ'

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका सांसद रवि लामिछानेले राजमार्गमा गुणस्तरीय शौचालय बनाउने जानकारी दिएका छन् ।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।