बार्सिलोनामा एक नेपालीको मृत्यु
- सोमबार, १३ जेष्ठ, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय
बार्सिलोना। स्पेनको बार्सिलोनामा भएको सडक दुर्घटनामा एक नेपाली युवाको ज्यान गएको छ । स्याङ्जाको विरूवा गाउँपालिका–६, चिन्नेबास स्थायी घर भई बार्सिलोना बस्दै आएका २२ वर्षीय पुजन कोइरालाको शनिबार राति भएको सडक दुर्घटनामा परी मृत्यु भएको हो ।
बार्सिलोनाको ग्रानभिया र बाल्मेस जक्सनमा साइकलमा सवार कोइरालालाई त्यहाँको नगरपालिकाको फोहोर बोक्ने गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
होम डिलीवरीको सेवा दिने एक कम्पनी ग्लोबोमार्फत खाना पुर्याउन हिँडेका उनीले ५ दिनअघि मात्रै साइकलमा सामान डेलिभरी गर्ने काम थालेका थिए ।
उनी जर्मनीबाट स्पेन आएका थिए । घटनापछि एनआरएनए स्पेनले विज्ञप्ति जारी गर्दै कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छ। साथै उनको शव नेपाल पठाउन कानूनी प्रक्रियासँगै आर्थिक संकलनको काम सुरु भएको उल्लेख छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति छ प्रतिशत मात्रै
- 5 minutes ago

काठमाडौँ । नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल
नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)
- 19 minutes ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।
अमेरिकाको दाबी रुसद्वारा अस्वीकार
- 39 minutes ago

एजेन्सी । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।