पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

प्रतिकात्मक तस्बिर

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

 

बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दोब्बर हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।

 

खानामा दालचिनी, अदुवा, लसुन र मरिच प्रयोग गर्दा पेट बढ्ने सम्भावना कम हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।

 

शारीरिक परिश्रमका आधारमा खाना खानुहोला । धेरै काम गर्नुहुन्छ भने धेरै खाना जरुरत पर्छ ।

 

खाना खाँदा उमेरको पनि ख्याल गर्नुहोला । बढ्ने उमेरमा खानाको आवश्यकता बढी पर्छ । यदि ४० वर्ष पार गर्नुभएको छ भने चिकित्सक वा डाइटिसियनको सल्लाहअनुसार खाना खानु राम्रो हुन्छ ।

 

बिहानको खाना धेरै खादा फरक पर्दैन ।

 

खानामा फल र सागसब्जी खानुहोस् । बिहान–बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, खनिज र भिटामिन पनि प्राप्त हुन्छ ।

 

दिउँसो खाजाको रुपमा फलफुल, बदाम, भुटेको मकै आदि राम्रो मानिन्छ । बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

 

यदि पेटको बोसो कम गर्नुछ भने मिठाईबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् । पेटको बोसो कम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ ।

 

नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।

 

यसका अलावा पेट घटाउन नियमित व्यायाम पनि अनिवार्य गर्नुपर्छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

४८.५ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

  • 4 minutes ago
४८.५ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

दमक । झापाको दुई भिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ ।

अष्ट्रेलियाका समुन्द्री तटमा भिड बढ्यो, ड्रोन तथा क्यामेरामार्फत मानिसहरुको निगरानी गरिने

  • 18 minutes ago
अष्ट्रेलियाका समुन्द्री तटमा भिड बढ्यो, ड्रोन तथा क्यामेरामार्फत मानिसहरुको निगरानी गरिने

सिड्नी । गर्मी बढेसँगै अष्ट्रेलियाका समुन्द्री तटहरुमा भिडभाड बढ्न थालेको छ । कोरोना संक्रमणलाई नियन्त्रणमा लिएको अष्ट्रेलियाले समुन्द्री तटमा हुने भिडभाडबाट पुनः कोरोना फैलनसक्ने भन्दै नियन्त्रणको ला

महिलाको हत्या कसुरमा युवकलाई जन्मकैदको फैसला

  • 39 minutes ago
महिलाको हत्या कसुरमा युवकलाई जन्मकैदको फैसला

उदयपुर । जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा जन्मकैद सजाय र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ ।



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।