एसएसपी जोशी सुप्रबल जनसेवाश्री पदकद्वारा सम्मानित
- बुधबार, २० भदौ, २०७५
- 4 years ago
- राजनीति

काठमाडौं । नेपाल प्रहरीका एसएसपी पुर्णचन्द्र जोशी सु–प्रबल जनसेवाश्री पदकद्वारा सम्मानित भएका छन् । मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानपत्रसहित एसएसपी जोशीलाई पुरस्कृत गरेकी हुन् ।
शीतल निवासमा आयोजित कार्यक्रममा अन्य विभिन्न क्षेत्रका व्यक्तिलाई पनि सम्मान गरिएको छ । नेपालको गौरव तथा जनताको हित अभिवृद्धिको लागि उल्लेखनीय योगदानस्वरुप सम्मान प्रदान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ ।
एसएसपी जोशी हाल महानगरी प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रवक्ता हुन् । नेपाल प्रहरीमा इमानदार तथा व्यावसायिक प्रहरी अधिकारीको रुपमा परिचित उनले विभिन्न जिल्ला, वृत्तलगायतमा आफ्नो सफल कार्यकाल सम्पन्न गरिसकेका छन् ।
एसएसपी जोशीले जिल्लामा रहँदा जनचेतना कार्यक्रम, संवेदनशील क्षेत्रमा प्रहरी बिट निर्माण, अपराध न्यूनीकरण, घटना घट्न नदिन सजगता र घटिहालेमा दोषीलाई तुरुन्त पक्राउ गरी कानूनी दायरामा ल्याउने काम गरेका थिए ।
विभिन्न जिल्लामा कार्यकाल रहँदा यस्ता किसिमका थुप्रै आपराधिक गतिविधि निर्मूल पार्न सफल भएका एसएसपी जोशी यिनै कामका कारण जनप्रिय प्रहरी अधिकारीको छवि निर्माण गर्न सफल भएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग
- 2 minutes ago

काठमाडौँ। स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु। एक लाख सहयोग गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल उनीहरु रहेको ललितपुर
लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान
- 20 minutes ago

लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । उक्त विषयमा निर्णय लिन आज संसदीय दलको बैठक आह्वान गरिएको छ । आज दिउ
चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?
- 44 minutes ago

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।