‘पुष्पा २’ २०२३ मा प्रदर्शन हुने

Norvic Hospital

काठमाडौँ। अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पाः द राईज’को दोस्रो भाग ‘पुष्पा २’ २०२३ मा प्रदर्शन हुनसक्ने यसका निर्माणपक्षले जनाएका छन्। फिल्मका निर्माता मनीष शाहले हालसालै दिएको एक अन्तर्वार्तामा फिल्मको दोस्रो भाग २०२३ मा प्रदर्शन गर्ने तयारी रहेको बताएका छन्। 

 

गत वर्ष डिसेम्बरमा प्रदर्शनमा आएको ‘पुष्पाः द राइज’ महामारीपछि धेरै आम्दानी गर्ने सिमित फिल्महरुमध्येको एक थियो। कुल २ सय ५० करोडको बजेटमा बनाएको फिल्मले ३ सय ४२ करोड रुपैयाँ सिनेमा हलमा भएको प्रदर्शनबाटै आम्दानी गरेको थियो। सँगै ओटिटी माध्यमसँगको सम्झौतामार्फत फिल्मले करोडौंको आम्दानी गरेको थियो।

 

अल्लु अर्जुन पुष्पाको भूमिकामा रहेको यो फिल्ममा उनी रक्तचन्दन तस्करी गर्ने पात्रको भूमिकामा थिए। पहिलो भागमा गाउँको सामान्य मजदुरी गर्ने पुष्पा रक्तचन्दन तस्करीको नामी पात्र बन्दासम्मको कथा देखाइएको छ। फिल्मको दोस्रो भागमा यसपछिको कथा प्रस्तुत हुनेछ।

 

निर्माता मनिष शाहले बताएअनुसार फिल्मको दोस्रो भाग यहि वर्षको मार्च वा अप्रिलमा फिल्मको छायांकन सुरु हुनेछ। जसअनुसार करिब २५० दिनको छायांकनपछि फिल्मलाई २०२३ मा प्रदर्शन गर्ने तयारी रहेको छ। पुष्पाको पहिलो भाग ‘पुष्पाः द राइज’को छायांकन २१० दिनसम्म चलेको थियो।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट

  • 20 minutes ago
काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २

जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’

  • 24 minutes ago
जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि फर्कन सकेको छैन ।

पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

  • 37 minutes ago
पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्



पर्यटन

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।

जीवनशैली

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।

विचित्र विश्व

युक्रेनद्वारा युद्धविराम अस्वीकार

युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।