पुटिनको सफाई कर्मचारीसँग थियो सम्बन्ध, अब ती महिलासँग छ करोडौँको सम्पत्तिः रसियन मिडिया

एजेन्सी । रूसी मिडिया प्रोइक्टले एक रिपोर्टमा दाबी गर्दै भनेको कि रूसका राष्ट्रपति भ्लाद्मीर पुटिनको एक महिला सफाई कर्मचारीसँग सम्बन्ध रहेको थियो । 

 

अब यी महिलासँग ७०० करोडभन्दा अधिक सम्पत्ति रहेको छ । तर, यो रिपोर्टको स्वतन्त्र रुपमा पुष्टि भने भएको छैन । पुटिनका प्रवक्ताले भने यो रिपोर्टमा लागेको आरोप खारेज गरेका छन् । 

 

उक्त मिडिया रिपोर्टका अनुसार पुटिन र सफाई कर्मचारीको सम्बन्ध रहेको र उनीहरुको एक छोरी समेत रहेकी छन् । हाल उनी १७ वर्षकी भएकी छन् । यो रिपोर्टलाई मस्को टाइम्सले समेत प्रकाशित गरेको छ । 

 

रिपोर्टका अनुसार पुटिनको सम्बन्ध स्वेतलाना क्रिवोनोगिख नाम गरेकी महिलासँग थियो । अब यी महिला सेन्ट पिटर्सबर्गमा बस्दै आइरहेकी छन् । उक्त क्षेत्र पुटिनका नजिकका मानिसका लागि सुरक्षित रहेको मिडिया रिपोर्टमा उल्लेख छ । एलिजावेटा क्रिवोनोगिख नाम गरेकी उनी पुटिनको सिक्रेट छोरी भएको रिपोर्टमा उल्लेख छ । 

 

 फेस रिकग्निशन एक्सपर्टका अनुसार उनको र पुटिनको अनुहार ७० प्रतिशतले मिलेको रिपोर्ट उक्त मिडियाले प्रकाशित गरेको छ । 

 

यो रिपोर्ट प्रकाशित भएपछि पुटिनमाथि विभिन्न प्रश्नहरु खडा भएको बताइएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

थाहा पाउनुहोस् आज दिनभरको मौसम कस्तो रहन्छ

  • 4 minutes ago
थाहा पाउनुहोस् आज दिनभरको मौसम कस्तो रहन्छ

काठमाडौँ । हाल देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

  • 8 minutes ago
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।

बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

  • 12 hours ago
बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विच



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।