स्मार्ट क्यूआरमा सहकारीहरूको मोबाइल बैंकिङ एप ‘एम डबली’मार्फत भुक्तानी गर्न सकिने
काठमाडौँ। स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्यूआरमा आबद्ध मर्चेन्टहरूलाई एम डबलीमार्फत भुक्तानी गर्न सकिने भएको छ।
इन्फो डेभलपरद्वारा सञ्चालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैंकिङ सेवा हो। हाल १ सय ७० भन्दा धेरै सहकारीमा सञ्चालनमा ल्याइएको एम डबलीमा स्मार्ट क्यूआर सेवा सुरु गरिएको हो। हाल आर्जन वचत तथा ऋण सहकारीका एम डबली प्रयोगकर्ताले यो सुविधा लिन सक्नेछन् भने छिट्टै नै अरू सदस्य सहकारीहरूमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले जनाए।
भाट–भटेनी सुपर मार्केट, बीग मार्ट, एक्सप्रेस मार्ट, किराना, बीग डिजिटल लगाएतका १ लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरु आबद्ध स्मार्ट क्यूआर नेटवर्कमा अहिलेसम्म बैंक तथा वालेटहरु मात्र आबद्ध रही आएकोमा अबदेखि एम डबली मार्फत सहकारीका सदस्यहरुले पनि यो सुविधाको लाभ लिन सक्ने कुराले आफूहरु उत्साहित भएको स्मार्ट च्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले बताए।
यो सेवा सञ्चालन गर्नका लागि इच्छुक सहकारीहरूले स्मार्ट च्वाईस टेक्नोलोजिज वा इन्फो डेभलपरमा सिधै सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 10 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 10 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।