रवि ओडको सफलता - सुदुरपश्चिमको झुप्रोदेखि नेपाल आइडलको ताजसम्म
- शुक्रबार, ६ पुष, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

काठमाडौं । नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा बढि रुचाइएको गायन रियालिटी शो नेपाल आइडलको दोस्रो संस्करण धनगढिका रवि ओडले जितेका छन् । शुक्रबार राती सम्पन्न ग्राण्ड फिनालेमा रवि दोस्रो नेपाल आइडल घोषित भए ।
नेपाल आइडलको सिजन २ सुरु भएदेखि नै ठूलो चर्चा र वाहवाही कमाउन सफल विक्रम बराल र सुमित पाठक जस्ता प्रतिस्पर्धीलाई पछि छोड्दै रविले नेपाल आइडलको ताज जितेरै छाडे । गोल्डेन माइक विजेताहरु विक्रम र सुमित क्रमशः दोस्रो तथा तेस्रो भए भने अस्मिता अधिकारी चौंथो स्थानमा रहिन् ।
नेपाल आइडलको ताजसंगै रविले होन्डा डब्लुआरबी कार र २२ लाख रुपिया नगदको पुरस्कार जितेका छन् । शीर्ष ४ का अरु प्रतिस्पर्धीसंगै उनले विश्व भ्रमणको अवसर पनि प्राप्त गर्नेछन् ।
नेपाल आइडलको धनगढि अडिसनबाट छानिएका रविको प्रस्तुति सुरुका केहि एपिसोडहरुसम्म औसत नै मानिएको थियो । तर क्रमिक रुपमा शोमा दमदार प्रस्तुति दिदै गएका रविलाई पछिल्लो समय भने ताजको बलियो दाबेदारका रुपमा चर्चा गरिएको थियो ।
एकातर्फ रविलाई सिंगो सुदुरपश्चिमकै शानका रुपमा लिएर उनलाई जिताउन सुदुरपश्चिमेलीहरुले एकजुट भएर भोटिंग अभियान नै सञ्चालन गरे भने अर्कोतर्फ रविले हरेक एपिसोडहरुमा आफ्नो प्रस्तुतिलाई झन्-झन् तिखार्दै लगे ।

रवि सुदुरपश्चिमको एक निम्नस्तरीय आर्थिक पृष्ठभुमि रहेको परिवारबाट आएका हुन् । उनको परिवारमा ७ जना छन् । दिदीको विवाह भइसक्यो । बुवा र बहिनी रोजगारीको शिलशिलामा भारतमा छन् ।
रवि सानो छदैं उनको आमाको मृत्यु भएको थियो । त्यसपछि बुवाले बिहे गरेर सानीआमा ल्याएपछि उनकै संरक्षणमा रवि हुर्किएका हुन् । अहिले रवि र उनका २ भाइहरु सानीआमासंगै बस्दै आएका छन् ।
रविकोे नेपाल आइडलको जितलाई सांचो प्रतिभाको कदरका रुपमा समेत लिइएको छ । नेपाल आइडलमा जस्तै भावी सांगीतिक यात्रामा पनि उनलाई सफलता मिलोस्, बधाईसंगै हार्दिक शुभकामना !

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अध्यक्ष लामिछानेको सांसद पद खारेज
- 29 seconds ago

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको सांसद पद नरहने फैसला गरेको छ ।
नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर
- 9 minutes ago

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको छ ।
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्
- 52 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।