रवि ओड बने दोस्रो नेपाल आइडल, विक्रम दोस्रो र सुमित तेस्रो
- शुक्रबार, ६ पुष, २०७५
- 4 years ago
- कला र मनोरञ्जन
- युके

काठमाडौं । नेपालको निकै लोकप्रिय गायन रियालिटी शो ' नेपाल आइडल' को दोस्रो संस्करण रवि ओडले जितेका छन् ।
शुक्रबार सांझ पुल्चोक ईञ्जिनियरिंग कलेजको ग्राउण्डमा सम्पन्न ग्राण्ड फिनालेमा धनगढिका रवि दोस्रो नेपाल आइडल घोषित भए ।
दोस्रो नेपाल आइडलमा विक्रम बराल फर्स्ट रनर अप, सुमित पाठक दोस्रो रनर अप तथा अस्मिता अधिकारी थर्ड रनर अप बन्न सफल भएका छन् ।
नेपाल आइडलको ताजसंगै रविले होन्डा डब्लुआरबी कार र २२ लाख रुपिया नगदको पुरस्कार जितेका छन् ।
फर्स्ट रनर अप विक्रमले नगद २० लाख , सेकेण्ड रनर अप सुमितले १२ लाख र थर्ड रनर अप अस्मिताले होन्डाको स्कुटी प्राप्त गरेका छन् । शीर्ष ४ प्रतिस्पर्धी सबैले विश्व भ्रमणको अवसर पनि प्राप्त गर्नेछन् ।
नेपाल आइडल २ को विजेता घोषित भएलगत्तै रविले यो जित आफ्नो मात्र नभएर फाइनलका ४ जना प्रतिस्पर्धीको भएको प्रतिक्रिया दिए । आफ्नो सफलताको लागि सहयोग गर्ने र माया दिने सबैप्रति उनले कृतज्ञता व्यक्त गरे ।
हजारौं प्रतिस्पर्धीहरुबाट चुनिएर नेपाल आइडल सिजन २ को फाइनलमा रवि , विक्रम, सुमित र अस्मिता पुगेका थिए ।
एपिवान एचडीमा प्रसारण भएको नेपाल आइडलमा निर्णायकको भुमिका न्यू बज्राचार्य, ईञ्दिरा जोशी र कालीप्रसाद बांस्कोटाले निभाएका थिए । नेपाल आईडलका प्रोजेक्ट हेड सुरेश पौडल हुन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति छ प्रतिशत मात्रै
- 3 minutes ago

काठमाडौँ । नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल
नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)
- 17 minutes ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।
अमेरिकाको दाबी रुसद्वारा अस्वीकार
- 37 minutes ago

एजेन्सी । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।