‘नेपालको शक्ति संघर्षका निर्णायक युद्ध नेपालका डाँडाकाँडामा होइन, दिल्लीका बैठकहरूमा भएका छन्’

बीबीसीका चर्चित विदेश मामिला संवाददाता हम्फ्री हक्सलेको Democracy Kills पुस्तक लोकतन्त्र विरोधी ‘प्रतिगामी’ बमन होइन । तर ‘पश्चिमा शैलीको लादिएको लोकतन्त्र’का घातक खतराहरुको सूक्ष्म विश्लेषण हो ।

 

नेपालबारेको शास्त्रीय महत्त्वको सन् १९७१ मा प्रकाशित पुस्तक Nepal: Strategy for Survival मा लियो रोजले लेखेका थिए। ‘नेपालको शक्ति संघर्षका निर्णायक युद्ध नेपालका डाँडाकाँडामा होइन, दिल्लीका बैठकहरूमा भएका छन्।’

 

उनले त्यो लेखेको ५० वर्ष नाघ्यो तर स्थितिमा पटक्कै अन्तर आएको छैन। गएका कैयौँ दशकमा अवस्था झन्-झन् नाजुक भएर गएको छ। कतिसम्म भने विदेशी दूतहरूले बहालवाला/भूतपूर्व प्रधानमन्त्रीहरूलाई चप्पल लगाएर भेट्नेदेखि, होटेलमा लाइन लगाएर पर्खाउने तथा मध्यरातमा प्रधानमन्त्रीकै कार्यालयमा थर्काउनेसम्मको स्थिति देखापर्‍यो।

 

आज, आमनागरिक पीडामा छटपटिरहँदा देशको राजनीतिक युद्ध फेरि पनि विदेशी भूमिमा लडिँदै गरेको र हाम्रा निर्णायक महत्त्व राख्ने नेताहरू विदेशीकै गोटी बनेको खबर आइरहेका छन् । Democracy Kills मा व्यक्त गरिएको एउटा प्रमुख चिन्ता ‘विदेशी हस्तक्षेप’ बारे छ।

 

रणनीतिक स्वार्थ पूरा गर्न हुने विदेशी हस्तक्षेपले कसरी कमजोर लोकतन्त्रहरूलाई ध्वस्त या अझ कमजोर बनाइदिएका छन् भन्नेबारे छ । विश्व राजनीतिको केन्द्र दक्षिण/पूर्वएसिया बन्दै जाँदा नेपालको भूराजनीतिक अवस्थिति विदेशी शक्तिका लागि बढ्दो चासो बन्दै जानु स्वभाविक हो।

 

हाम्रो स्वाभिमानहीन नेतृत्व, भ्रष्टता, अविकास, अशिक्षा, विपन्नताले त्यो हष्तक्षेपलाई मलजल प्रदान गर्छ नै । तर त्यसलाई सम्मानजनक र कुटनीतिक ढंगबाट सामाना गर्न र शन्तुलनमा राख्न सक्ने संस्था र नेतृत्व हामीलाई चाहिन्छ कि चाहिँदैन ?

 

राजनीतिक संकट पर्ने वित्तिकै विदेशी दूतहरू नेताका घरघर र बालुवाटारका कोठाचोटामा प्रवेश गर्ने या निम्त्याइने प्रवृत्तिलाई रोक्ने कि नरोक्ने ? कि त्यसबारे टिप्पणीमात्रै गरेर बस्ने ? विदेशी सरकार र दूतहरूसँग सम्पर्क राख्नु हुँदैन, संवाद गर्नु हुँदैन भनेको होइन। तर अब पनि हामीले यो विषयमा संवेदनशील नहुने हो भने, हामी न राजनीतिक स्थिरता न आर्थिक विकास हासिल गर्न सक्छौँ।

 

हामीलाई अन्तत्वगत्वा, लोकतन्त्रले नै मार्छ (Democracy Kills). सचेत बन्न ढिलो भइसक्यो। समय घड्किएपछि आएको चेतना केवल पश्चतापमा सीमित हुन्छ, त्यसको केही अर्थ हुँदैन।  (विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र मिश्रले समाजिक संजालमा गरेको पोस्ट)


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुमेरु हस्पिटललाई कारबाही

  • 3 hours ago
सुमेरु हस्पिटललाई कारबाही

काठमाडौँ । ललितपुरस्थित सुमेरु अस्पताललाई कारबाही गरिएको छ । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिएको भन्दै कारबाही गरिएको हो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनु

ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

  • 3 hours ago
ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा भएको दाबी गरेका छन्। आइतबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । ओलीले एमालेले स

नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

  • 3 hours ago
नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

कैलाली । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



पर्यटन

खुल्यो मुक्तिनाथ मन्दिर

खुल्यो मुक्तिनाथ मन्दिर

म्याग्दी । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।

जीवनशैली

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।

विचित्र विश्व

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

एजेन्सी । ब्राजिलमा एउटा अनौठो घटना घटेको छ । एक जना प्रेमीले झुक्किएर आफ्नी प्रेमिकाको आँखामा ग्लु राखिदिन पुगे । ५५ वर्षिय रेजिना अर्नामा दर्दनाक रोग ग्लुकोमाबाट शिकार छिन् । उनलाई दैनिक आइड्रप राख्नुपर्छ ।