आरजीएनएस यूकेद्वारा रुकुममा खाद्यान्न राहत वितरण

  • मंगलबार, २ आषाढ, २०७७
  • 4 months ago
  • युके

लण्डन । बेलायतको लण्डनस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटी (आरजीएनएस) युकेले रुकुमको सानी भेरी गाउपालिका– ३ मा सोमबार ४० घर परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ । कोरोनाको कारण श्रमजीवी समुदायमा पैदा भैरहेको खाद्य संकट समाधान गर्न सस्थाले राहत स्वरुप प्रति घर १ बोरा चामल, ३ किलो दाल, २ लिटर तेल र २ पोका नुन प्रदान गरेको हो ।

 

आरजीएनएस अध्यक्ष शर्मिला हिराचन थकालीका अनुसार उक्त खाद्यान्न वितरण अनलाइन जुम मार्फत लाइभ कार्यक्रम पनि आयोजना गरिएको थियो । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएन यूके) का सचिव एवं आरजीएनएसका उपाध्यक्ष जीत रानाभाटले जुम कन्फ्रेन्स मार्फत उक्त कार्यक्रम सञ्चालन गरेका थिए । 

 

आरजिएनएसका ४६ जना सदस्यहरुबाट सहयोग संकलन गरिएको रकम सही ठाउँमा जाओस भन्नका लागि ब्रिटिस र नेपाली सांसदलाई साक्षी राखेर राहत वितरण गरिएको रानाभाटले बताए।

 

 

उक्त राहत बितरण कार्यक्रमका प्रमुख अतिथि नेपालमा रुकुम बाट रास्ट्रिय सभामा प्रतिनिधित्व गर्नुहुने माननीय साम्सद ठगेन्द्रप्रकाश पुरीले कोरोनाको कहर बिरुद्दको लडाईमा स्वदेश र बिदेशमा रहनुहुने नेपाली नागरिकहरुको संगठित एकता, संयमता र सहकार्य आवश्यक रहेको बताउदै विषम परिस्थितिमा राहत प्रदान गरेर सस्थाले उच्च मानबिय काम गरेको बताए।

 

कार्यक्रमका विशिष्ट अतिथि बेलायतको इरिथ एन्ड थेम्समीडका सांसद अबेना ओपेङ असरेले कोरोनाको महामारी बिरुद्धको लडाइँमा बेलायत सधै नेपाल र नेपालीहरुको साथमा रहने प्रतिबद्धता ब्यक्त गरेकी थिइन्। उन्ली आरजीएनएसले ब्रिटिश समाज र नेपाली समुदाय माझ गरिरहेको कार्यको प्रशंसा गर्दै आफु बिगतमा झैँ आगामी दिनमा पनि सहकार्य गर्न तत्पर रहेको बताइन।कोभिड–१९ बाट विचलित नभइ आफू जन्मेको देशलाई राहत वितरण गर्ने कार्यक्रममा आफूलाई सहभागी गराउँदा खुशी लागेको बताउदै आरजीएनएस लाइ धन्यबाद ब्यक्त गरिन ।

 

सानी भेरी गाउपालिकाका वडा नम्बर(३ का वडा अध्यक्ष बिर्ख बहादुर बिष्टले राहत बितरण गर्ने सस्था र सहयोगी हातहरुप्रति धन्यवाद व्यक्त गरेका थिए । राहत बितरणको संयोजन नेपाली वेल फेयर सोसाइटी युकेका धन बहादुर सार्कीले गरेका थिए ।

 

आरजीएनएस महासचिब मञ्जु भण्डारीले हाम्रो सानो सहयोगले कसैको मुहार किन उज्यालो नपार्ने भन्ने अभियानमा हाम्रो संस्थाले सहयोग गरेको बताउदै स्वागत मन्तब्य बाट सुरु भएको उक्त कार्यक्रममा बेलायतबाट एनआरएनए आइसीसी सदस्य तथा आरजीएनएस उपाध्यक्ष लीलादेवी गुरुङ, सस्थाका पूर्व अध्यक्ष हरि गोबिन्द गुरुङ , प्रमुख सल्लाहकार मोहन गुरुङ, सल्लाहकारहरु श्याम शेरचन, एनआरएन इंगल्याण्डका अध्यक्ष दिपक श्रेष्ठ, योगेस गुरुङ, ह्यारी गुरुङ, पत्रकार शिव भण्डारी तथा तमु समाज युकेका अध्यक्ष शिबचन्द्र गुरुङ, नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालय उपेक्षित, उत्पीडित र दलितबर्ग उत्थान विकास समिति कार्यकारी निर्देशक डा। बुद्धि नेपाली लगायतले जुम मार्फत सम्बोधन गरेका थिए। कार्यक्रमको अन्त्यमा आरजीएनएस अध्यक्ष शर्मिला हिराचन थकालीले सहयोगी तथा राहत वितरणमा सहभागी सबैलाई धन्यबाद ब्यक्त गरेकी थिइन्।  

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

  • 4 hours ago
दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

यसरी अर्बौँ सम्पत्तिको मालिक्नी बने यी बलिउड फ्लप अभिनेत्रीहरु

  • 4 hours ago
यसरी अर्बौँ सम्पत्तिको मालिक्नी बने यी बलिउड फ्लप अभिनेत्रीहरु

एजेन्सी । बलिउड उद्योग निकै ठूलो छ जहाँ जो–जो कलाकार आफ्नो भविष्य बनाउन छिर्छन् ती मध्ये केहीलेमात्र आफ्नो नाम सुनौले अक्षरले लेख्न सफल भएका छन् भने धेरैले संघर्ष गर्दागर्दै करियरलाई बीट मारेर बलिउडबा

डनसँगको अफेयरको हल्लाले बर्बाद भएको थियो यी अभिनेत्रीको बलिउड करिअर

  • 4 hours ago
डनसँगको अफेयरको हल्लाले बर्बाद भएको थियो यी अभिनेत्रीको बलिउड करिअर

एजेन्सी । भारतका महान फिल्म निर्देशक राज कपुरले मेरठमा जन्मिएकी यास्मिन जोसेफलाई मन्दाकिनी नामबाट फिल्म राम तेरी गंगा मैलीमा अवसर दिएका थिए । उक्त फिल्मपछि उनी रातारात हिट भएकी थिइन् । उनले उक्त फिल्म



पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण ११ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । कोरोनाका कारण करोडौँ मानिसहरु संक्रमित भएका छन् । यसको कहर झन् बढ्दो रहेको छ ।