भारतसँगको पाँच सीमालाई रेलमार्गले जोड्न छलफल शुरु

  • सोमबार, २५ आषाढ, २०७५
  • 2 years ago
  • अर्थ

काठमाडौँ । भारतसँग सीमा जोडिएका पाँच वटा नाकालाई रेलमार्गले जोड्ने विषयमा नेपाल र भारतका रेल अधिकारीबीच छलफल शुरु भएको छ । 

 

छलफलका लागि भारतीय रेल अधिकारीको समूह आइतबार नेपाल आएको थियो । विराटनगर, जनकपुर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवासम्म सामान ढुवानीका लागि रेल ल्याउने विषयमा छलफल हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । छलफलमा नेपालका तर्फबाट उक्त मन्त्रालय र रेल विभागका अधिकारी सहभागी हुनेछन् ।  

 

जनकपुर–जयनगर ३५ किमी ब्रोडगेज रेलमार्ग यसैवर्ष पूरा हुने मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख सहसचिव केशवकुमार शर्माले राससलाई जानकारी दिए । यात्रुसमेत बोक्ने सो मार्गलाई जयनगरबाट बर्दिवाससम्म विस्तार गरिनेछ । 

 

यसवर्ष रेलमार्ग तयार भए पनि चलाउन नेपाल सरकारसँग रेल नभएकाले भारतीय रेलमा नेपाली झण्डा राखेर चलाउने विषयमा आज दुई देशका रेल अधिकारी बीचको बैठकमा छलफल हुने उनले बताए । 

 

‘सरकार आफैले वा भारतीय रेल कम्पनीसँग करार गरेर चलाउने भन्ने बारेमा छलफल गरी टुंगोमा पुग्ने कार्यसूची छ, आगामी मंसिर÷पुसमै जनकपुर–जयनगर रेलमार्ग निर्माण सम्पन्न हुनेछ, त्यसलगत्तै रेल चलाउन आवश्यक प्रक्रिया पूरा गरिनेछ’– सहसचिव शर्माले भने । 

 

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला सैद्धान्तिक सहमति भएको वीरगञ्ज–काठमाडौँ रेलमार्गका विषयमा पनि आजदेखि शुरु हुने बैठकमा छलफल जनाइएको छ । नेपालगञ्जमा पनि सामान ढुवानीका लागि रेलमार्गले जोड्न सर्वेक्षण शुरु भएको छ । सामान ढुवानी गर्ने रेल नेपाल–भारत सीमाबाट पाँच किमी वरसम्म ल्याइनेछ । 

 

भारत सरकारको सहयोगमा कार्यान्वयन भइरहेका रेल आयोजनाका बारेमा पनि बैठकमा छलफल हुने मन्त्रालयले जनाएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अध्यक्ष कमल थापा ॐ अस्पतालबाट डिस्चार्ज

  • 9 minutes ago
अध्यक्ष  कमल थापा ॐ अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा उल्लेख सुध

भक्तपुरमा प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

  • 13 minutes ago
भक्तपुरमा प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

भक्तपुर । भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनको हत्याको अभियोगमा प्रहरीले आज दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।