रेलसेवा अध्ययन गर्न दक्षिण कोरियाली इन्जिनियरहरु उत्तर कोरिया प्रस्थान
- शुक्रबार, १४ मंसिर, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

सियोल । उत्तर र दक्षिण कोरियाबीच रेलसेवा पुनः सञ्चालन गर्नेगरी संयुक्त सर्भेक्षण गर्न दक्षिण कोरियाका इन्जिनियर र अन्य अधिकृतहरु उत्तर कोरिया पुगेका छन् ।
यसै वर्षको शुरुमा रेलसेवा पुनस्र्थापना गर्न दुवै कोरियाबीच सम्झौता भएको थियो । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन र उत्तर कोरियाली नेता कीम जोङ अनबीच भएका उच्चस्तरीय भेटवार्तामा रेलसेवा पुनस्र्थापना गर्ने सहमति भएको थियो ।
दक्षिण कोरियाली इन्जिनियर बोकेको एउटा रेल एक दशकपछि पहिलोपटक उत्तर कोरियाली सीमाक्षेत्रमा प्रवेश गरेको छ ।
शुक्रबार टेलिभिजनहरुले एउटा रातो, सेतो र निलो रङ्गको रेल दक्षिण कोरियाको डोरासान स्टेशनबाट उत्तर कोरियाका लागि प्रस्थान गरेको देखाएका छन् । अन्तर–कोरियाली सीमाक्षेत्रको पश्चिमी भागबाट यो सबैभन्दा नजिकको रेल स्टेशन हो । रेलको अघिल्तिर राखिएको ब्यानरमा “शान्ति र समृद्धिको युगमा प्रवेशका लागि “आइरन हर्स” उत्तरतर्फ लाग्यो” लेखिएको छ ।
“यसले रेलसेवा पुनस्र्थापना मार्फत उत्तर र दक्षिण कोरियाको संयुक्त समृद्धिको शुरुवातको सङ्केत गर्दछ,” दक्षिण कोरियाका यातायात मन्त्री कीम ह्यून–मीले भने ।
उनले रेलसेवा पुनः जोडिँदा यसले मुलुकको आर्थिक क्षेत्र युरेसीयासम्म जमिनबाटै जोड्न मद्दत गर्ने बताए । कोरियाली प्रायःद्वीपको विभाजनले धेरै दशकसम्म भूराजनीतिक रुपमा दक्षिण कोरियालाई अलग्याएको उनको भनाइ छ ।
छ वटा डब्बा भएको यो रेलमा इन्जिनियर र अन्य अधिकारीसमेत २८ जना दक्षिण कोरियालीहरु रहेका छन् । रेलमा ५५ टन इन्धन र विद्युत जेनेरेटर समेत रहेको छ ।
उत्तर कोरियाली सीमाक्षेत्रमा रहेको पानमुन स्टेशनबाट यो छ डब्बे रेललाई उत्तर कोरियाली रेल इन्जिनले तान्नेछ, र दक्षिणको रेल इन्जिन स्वदेश फर्कनेछ ।
दक्षिण कोरियाली र उनीहरुका उत्तर कोरियाली साथीहरुले १८ दिन लगाएर रेल लाइनको अध्ययन र अवलोकन गर्नेछन् । उनीहरुले उत्तर कोरियाको सबैभन्दा दक्षिणमा रहेको काइसोङ शहरदेखि चीनको सीमासम्म रहेको सिनुइजु शहरसम्म तथा माउन्ट कुमगाङदेखि पूर्वमा रसियासँग सीमा जोडिएको टुमेन शहरसम्मको रेल लाइनको निरीक्षण गर्ने बताइएको छ ।
यातायात मन्त्रालयका अनुसार उनीहरुले संयुक्त रुपमा करिब २ हजार ६०० किलोमिटर रेलबाटै यात्रा गर्नेछन् ।
सन् १९४८ मा कोरियाली प्रायःद्वीपको विभाजन हुनुअघि उत्तर र दक्षिण कोरिया जोड्ने दुईवटा रेल लाइन थिएः एउटा पश्चिमी भागमा र अर्को पूर्वी भागमा ।
दुवै देशबीचको समझदारी बढाउने उद्देश्यले सन् २००७ मा पश्चिमी रेल लाइनलाई पुनः सञ्चालन गरिएको थियो । यो रेलसेवाबाट सीमित मात्रामा दक्षिण कोरियाको लगानीमा स्थापित काइसोङ औद्योगिक क्षेत्रसम्म वस्तु तथा सामग्रीको ढुवानी गरिन्थ्यो । तर उत्तर कोरियाको आणविक कार्यक्रमका कारण उत्पन्न विवादपछि यो सेवा करिब एक वर्ष पछि बन्द भयो ।
दक्षिण कोरियाली एकीकरण मन्त्रीले उत्तर कोरियासँगको रेलसेवा पुनः शुरु गर्नेसम्बन्धी कार्यक्रम सञ्चालन गर्न अर्को वर्षका लागि करिब ५ करोड ६६ लाख अमेरिकी डलर बजेट व्यवस्था गरिएको बताएका छन् । यो रेलसेवा मर्मत गरी पूर्ण रुपमा सञ्चालन गर्न करिब पाँच वर्ष लाग्नेछ ।
उत्तर कोरियाको रेलसेवा अत्यन्त नाजूक अवस्थामा छ । एक प्रतिवेदन अनुसार उत्तरका रेलसेवाको गति प्रतिघण्टा २० देखि ४५ किलोमिटर मात्र छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन
- 1 hour ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '
- 1 hour ago

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'
- 2 hours ago

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।